फेरि चल्यो चिनियाँ राजदूत यान्छीको दौडधूप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ९, २०७७
|
|
२३ पटक हेरिएको
Shares
फेरि चल्यो चिनियाँ राजदूत यान्छीको दौडधूप

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समूहमा विभाजित भएपछि चिनियाँ राजदूत होउ यान्छीले फेरि राजनीतिक दौडधूप चलाएकी छिन् ।
  • उनले आज विहान प्रचण्डसँग खुमलटारमा पुगेर भेटेकी छिन् ।
  • भेटमा नेकपाको फुटको कारण र भविष्यमा विकसित हुने परिस्थतिबारे गम्भीर कुराकानी भएको बुझिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समूहमा विभाजित भएपछि चिनियाँ राजदूत होउ यान्छीले फेरि राजनीतिक दौडधूप चलाएकी छिन् । उनले आज विहान प्रचण्डसँग खुमलटारमा पुगेर भेटेकी छिन् । भेटमा नेकपाको फुटको कारण र भविष्यमा विकसित हुने परिस्थतिबारे गम्भीर कुराकानी भएको बुझिएको छ ।

भेटमा प्रचण्डले राजदूत यान्छीलाई चीनसँगको सम्बन्धमा झन् सुदृढ हुने बताएको बुझिएको छ । राजदूत यान्छीले नेकपाभित्रको विभाजनबारे गम्भीर चासो राखेकी थिइन् । उनले नेपालमा राजनीतिक अस्थिरता बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको स्रोतले बतायो ।

यसैगरी, राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको प्रचण्ड समूहका अर्का अध्यक्ष माधवकुमार नेपाललाई पनि भेट्ने बुझिएको छ ।

भदौमा नेकपा विवाद हुँदा राजदूत यान्छीले नेताहरुको निवासमै पुगेर भेटवार्ता गरेकी थिइन् । उक्त भेटपछि नेकपामा सहमति निर्माण भएको थियो । यसपटक भने राजदूत यान्छीले गोप्य तरिकाले भेटघाट गरेपनि नेकपा फुटबाट जोगिएन । दुवै पक्ष आ आफ्नो ढंगबाट कित्ताकाटसहित अगाडि बढिसकेका छन् । निर्वाचन आयोगमा दुवै पक्षका नेताहरुले पुगेर दल र चुनाव चिन्ह दाबी गर्न पुगेका छन् ।

यसैगरी, चिनियाँ पत्रिका ग्लोबल टाइम्सले नेपालमा नेकपाको फुटबाट राजनीतिक अस्थिरता बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । चीनको विदेश मामलासम्बन्धी सन्देश प्रवाह गर्ने ग्लोबल टाइम्सले नेपालमा राजनीतिक अस्थिरता बढाउन खोजेको भन्दै भारतीय सञ्चारमाध्यमको समेत आलोचना गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घर छोडेर विकटमा खटिने प्रहरीलाई भवनको महत्व : महानिरीक्षक खनाल
घर छोडेर विकटमा खटिने प्रहरीलाई भवनको महत्व : महानिरीक्षक खनाल
कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई  झुटो सूचना ?
कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई झुटो सूचना ?
साफ च्याम्पियनसिप र एसियाडकाे तयारीका लागि नेपाल थाईल्याण्ड प्रस्थान !
साफ च्याम्पियनसिप र एसियाडकाे तयारीका लागि नेपाल थाईल्याण्ड प्रस्थान !
आज ४०३ कोरोना संक्रमित थप
आज ४०३ कोरोना संक्रमित थप
वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस
वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस
दाङमा भेटिए डेंगुका पाँचजना बिरामी
दाङमा भेटिए डेंगुका पाँचजना बिरामी
देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार
देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार
भवन हस्तान्तरण नहुँदा गोठबाटै स्वास्थ्य सेवा
भवन हस्तान्तरण नहुँदा गोठबाटै स्वास्थ्य सेवा
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
कामनपाद्वारा १५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन
कामनपाद्वारा १५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन

तपाईंले छुटाउनुभयो कि?