रौतहटमा गोली चल्यो, एक जना घाइते
सारांश
- काठमाडौँ, १६ माघ ।
- रौतहटमा सोमबार बिहान गोली चल्दा एक जना गम्भीर घाइते भएका छन् ।
- रौतहटको राजपुर–१ भगवानपुरमा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
काठमाडौँ, १६ माघ । रौतहटमा सोमबार बिहान गोली चल्दा एक जना गम्भीर घाइते भएका छन् ।
रौतहटको राजपुर–१ भगवानपुरमा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गोली लागी घाइते हुनेमा फरहदवा राजपुर नगरपालिका–९ बालुवा टोलका वर्ष ३५ का शेख सैफुल्लाह रहेका छन् । घाइते सैफुल्लाहको ढाडमा एक गोल लागेको प्रहरीले जनाएको छ ।
गोली कस्ले किन चलायो भन्ने खुल्न सकेको छैन । गोली प्रहार गर्नेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया