लहानमा सिके राउतको बैठकका लागि व्यापक तयारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २, २०७५
|
|
२९ पटक हेरिएको
Shares
लहानमा सिके राउतको बैठकका लागि व्यापक तयारी

सारांश

  • सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक आइतबार र सोमबार सिरहाको लहानमा हुने भएको छ।
  • राउतले सरकारसँग गरेको ११ बुँदे सहमति र अगामी रणनीति बारे बैठकमा छलफल हुने बताएका छन्।
  •   सरकारसँगको सहमतिपछि पहिलो पटक यो बैठक हुन लागेको हो।

सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक आइतबार र सोमबार सिरहाको लहानमा हुने भएको छ।

राउतले सरकारसँग गरेको ११ बुँदे सहमति र अगामी रणनीति बारे बैठकमा छलफल हुने बताएका छन्।  सरकारसँगको सहमतिपछि पहिलो पटक यो बैठक हुन लागेको हो।

बैठकमा तराई मधेसका २२ जिल्लाका प्रतिनिधि सहभागी हुने गठबन्धनका परिषद् सदस्य बालेश्वर यादवले जानकारी दिए । सहभागी हुने हरेक सदस्यलाई नागरिकता अनिवार्य लिएर बैठकमा आउन आह्वान गरिएको छ।

सबै जिल्लाबाट परिषद् सदस्यलाई बैठकमा बोलाएको यादवले बताए। नागरिकता अनिवार्य गरेको विषयमा आफूलाई अहिले केही जानकारी नभएको उनको भनाइ छ।

यो बैठक आकस्मिक भएकाले प्रत्येक जिल्लाबाट समिति सदस्यलाई मात्र बोलाइएको सिके राउतले फेसबुकमा उल्लेख गरेका छन्। उनले त्यसपछि विस्तारित बैठक बस्ने र भेटघाट तिव्र बनाउने उल्लेख गरेका छन्।

लहानमा कहाँ र कति बजे परिषद् बैठक सुरु हुनेबारे अहिले खुलाइएको छैन्। परिषदका अर्का सदस्य सुदीपराज कुशवाहाका अनुसार ठाउँ आइतबार बिहान टुंगो लाग्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?