पात्लेखर्कमा खेलमैदान निर्माण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २७, २०७९
|
|
४२ पटक हेरिएको
Shares
पात्लेखर्कमा खेलमैदान निर्माण

सारांश

  • म्याग्दी ।
  • म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको दुर्गम बस्ती पात्लेखर्कमा खेलमैदान निर्माण भएको छ ।
  • स्थानीय सप्तऋषि युवा क्लबले रघुगङ्गा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो ।

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको दुर्गम बस्ती पात्लेखर्कमा खेलमैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगङ्गा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० मा रघुगङ्गाले विनियोजन गरेको रु १० लाख बजेटमा जनश्रमदानसमेत जुटाएर भलिबल र बास्केटबलको कोर्ट ढलान गरी खेलमैदान निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष अङ्कित पुनमगरले जानकारी दिए ।

‘पहिले कच्ची खेलमैदान थियो, यस पटक मैदानलाई ढलान गरी तयार गरेका हौँ, अब भलिबल र बास्केटबल खेल्न सहज भएको छ’, पुनले भने । खेलमैदान तयार भएपछि अभ्यास गर्न सहज भएको सप्तऋषि युवा क्लबका अध्यक्ष विवश फगामीले बताए ।

‘बालबालिकादेखि युवामा रहेको खेलप्रतिभाको विकास गराउन सहज भएका छ, उनले भने । तीस परिवारको बसोबास रहेको पात्लेखर्कमा निर्माण गरिएको खेलमैदानलाई नजिकैको जनसुन्दर आधारभूत विद्यालयले समेत प्रयोग गर्नसक्ने क्लबले जनाएको छ । खेलमैदानमा घेरबारसमेत गरिएको छ । खेलकुद प्रतियोगिता र स्थानीयस्तरमा मेला सञ्चालनका लागि स्टेज निर्माण गर्ने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोकपको नकआउट चरणको समीकरण पूरा
युरोकपको नकआउट चरणको समीकरण पूरा
भरतपुर महानगरपालिकाको अहिलेसम्मको मतपरिणाम
भरतपुर महानगरपालिकाको अहिलेसम्मको मतपरिणाम
नेपाल र पोल्याण्डबीचको आवागमन प्रक्रिया सरल गर्न रक्षामन्त्री पोख्रेलको आग्रह
नेपाल र पोल्याण्डबीचको आवागमन प्रक्रिया सरल गर्न रक्षामन्त्री पोख्रेलको आग्रह
अभिनेता बरुण धवनले गरे यस्ताे खुलासा
अभिनेता बरुण धवनले गरे यस्ताे खुलासा
World of Hair and Makeup Studio को तर्फ बाट बाढी पीडितको लागि सहयोग  !
World of Hair and Makeup Studio को तर्फ बाट बाढी पीडितको लागि सहयोग !
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्
निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्
एउटै वडाबाट तीनजना नगरपालिका प्रमुखका उम्मेदवार
एउटै वडाबाट तीनजना नगरपालिका प्रमुखका उम्मेदवार
बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त
बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त
के चिनियाँ रेल नेपाल आउला ?
के चिनियाँ रेल नेपाल आउला ?