मोरङ क्षेत्र नं ४ को चुनावी रौनक

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
५८ पटक हेरिएको
Shares
मोरङ क्षेत्र नं ४ को चुनावी रौनक

सारांश

  • दोस्रो चरणको निर्वाचनको तिथि जति जति नजकिँदैछ, मोरङमा त्यति त्यति चुनावी सरगर्मी बढ्न थालेको छ ।
  • निर्वाचनको दिन घट्दै एघार दिनमा सीमित भएपछि उम्मेदवारले मतदातालाई आपूmतिर आकर्षित पार्र्न सबैभन्दा बढी घरदैलो अभियानमा जोड दिएको देखिन्छ ।
  • उम्मेदवारले मतदाताका घरघरमा पुगेर मत माग्ने चुनावी रणनीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

दोस्रो चरणको निर्वाचनको तिथि जति जति नजकिँदैछ, मोरङमा त्यति त्यति चुनावी सरगर्मी बढ्न थालेको छ ।

निर्वाचनको दिन घट्दै एघार दिनमा सीमित भएपछि उम्मेदवारले मतदातालाई आपूmतिर आकर्षित पार्र्न सबैभन्दा बढी घरदैलो अभियानमा जोड दिएको देखिन्छ । उम्मेदवारले मतदाताका घरघरमा पुगेर मत माग्ने चुनावी रणनीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

मोरङमा छ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ४ मा पनि चुनावी रौनकमा झन् बढोत्तरी भएको देखिन्छ । सो क्षेत्रमा पनि उम्मेदवार कोणसभाका साथै घरदैलो अभियानमा बढी केन्द्रित भएका छन् ।
सो क्रममा मतदाताका आकांक्षा र जिज्ञासालाई ध्यानपूर्वक ग्रहण गरी समस्या समाधान गर्ने विषयमा उम्मेदवारले प्रतिबद्धता प्रकट गरिरहेको देखिन्छन् ।साथै कार्यकर्तालाई व्यापक रुपमा परिचालन गरी मतदातालाई आकर्षित पार्न पाँचवर्षीय योजना र पार्टीको घोषणापत्रको विषयमा पनि जानकारी गराउने गरिएको देखिन्छ ।

क्षेत्र नं ४ मा नेपाली काँग्रेसका महेश आचार्य र वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीबीच प्रतिस्पर्धा हुने सम्भावना प्रबल छ । आचार्य यसअघि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । त्यस्तै माओवादी केन्द्रका मोदी समानुपातिकबाट सभासद् हुनुभएको थियो ।
सो क्षेत्रबाट नौ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रिय जनता पार्टीबाट लक्ष्मण साहु, विवेकशील साझा पार्टीबाट अमलेशकुमार कर्ण, नेमकिपाबाट शालिग्राम राउत, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट कृष्णकुमार मुडियारी, नयाँ शक्ति पार्टीबाट राकेश चौधरी, एकीकृत राप्रपा(राष्ट्रवादी)बाट महेश्वर कामत र देशभक्त लोकतान्त्रिक पार्टीबाट किरणबहादुर क्षेत्री मैदानमा हुनुहुन्छ ।
उनान्सय हजार १२३ मतदाता रहेको सो क्षेत्रमा ग्रामीण क्षेत्रलाई बढी केन्द्रित गरेर उम्मेदवार प्रचारप्रसारमा जुटेको देखिन्छ । दुई गाउँपालिका कटहरी र ग्रामथानका साथै विराटनगर महानगरपालिकाका १,२,३,८,१० र १९ नं का छ वटा वडा र बेलवारी नगरपालिका का ५,६ र ७ नंका तीन वटा वडाका क्षेत्रका मतदाताले बाटोघाटो, कृषिको आधुनिकीकरणका साथै सिँचाइको समुचित व्यवस्था, सुकुम्वासी समस्याको समाधानलगायत माग उम्मेदवारसमक्ष राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पैसाको विकल्प के ?
पैसाको विकल्प के ?
प्रधानमन्त्री निवासलाई विश्वविद्यालय बनाउने, बुलेट प्रुफ गाडी बिक्री गर्ने
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह
नेपाल र चीनले १४ विषयमा सँगै काम गर्ने
नेपाल र चीनले १४ विषयमा सँगै काम गर्ने
कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो
कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो
बजेटमा उद्योगीका सुझाव सङ्कलन
बजेटमा उद्योगीका सुझाव सङ्कलन
धनुषा प्रहरीद्वारा ५०० लिटर घरेलु मदिरा नष्ट
धनुषा प्रहरीद्वारा ५०० लिटर घरेलु मदिरा नष्ट
साउदी अरबद्वारा बजेट घाटा सन् २०२३ सम्म सन्तुलनमा ल्याउने
साउदी अरबद्वारा बजेट घाटा सन् २०२३ सम्म सन्तुलनमा ल्याउने