महामन्त्री शर्माले भने : अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०८०
|
|
३२ पटक हेरिएको
Shares
महामन्त्री शर्माले भने : अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ

सारांश

  • काठमाडौं ।
  • सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिए ।

काठमाडौं । सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिए ।

भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद राख्न नहुने र भ्रष्टाचारका विषयमा राज्यले फाइल नभई फायर खोल्नुपर्ने उनको भनाइ थियो । ‘सरकार र नीति क्षेत्रको काम स्पष्टरुपमा बाँडफाँट गरेर काम गर्नुपर्छ’, उनले भने, ‘ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्छ, अन्य नीति क्षेत्र नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्ने जरुरी छ । ‘

सांसद शर्माले नेपालको प्रशासनिक काम अझै झन्झटिलो व्यवस्थाको अन्त्य गर्नुपर्ने र सरकारले लहडका भरमा नभई विज्ञहरुको सुझावमा आधारमा प्रतिफल दिने विषयमा मात्र बजेट लगानी गर्न सुझाव दिए ।

पुल बनाउने र सडक बनाउने विषयमा कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै उनले विश्वका सबैभन्दा ठूलो र अर्थतन्त्रमा शक्तिशाली राष्ट्र २०५० सम्म चीन र त्यसपछि भारत शक्तिशाली हुने भनिएको हुँदा नेपालले पनि भिजन ९५ लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपालमा रोजगारीको सिर्जना गर्नुपर्ने खालको बजेट विनियोजना गर्नुपर्नेमा जोड दिँदै उनले विवशताको आँसु बगाउँदै कोही पनि नेपालीमा विदेशमा जानुपर्ने वतावरणको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद शर्माले सत्ता पक्ष र प्रतिपक्ष जो भए पनि कमजोरी र उपलब्धि सबै साझा भएको हुँदा प्रतिकूलतामा बाँचिएको भए पनि अबको हरेक क्षेत्रलाई समृद्ध बनाएर एकताका साथ अघि बढनुपर्ने सुझाव दिए ।

सांसद राजेन्द्र बजगाइले मुलुकमा आर्थिक विकास गर्न सकिने क्षेत्रहरु अध्ययन गर्नुपर्नेमा जोड दिए ।

सांसद प्रेमबहादुर महर्जनले कृषि उत्पादनमा बढी जोड दिनुपर्ने र रैथाने बालीलाई पनि प्राथमिकता दिएर बजारीकरण गर्नुपर्ने बताए । उनले कुन ठाउँमा के उत्पादन गर्न सकिन्छ त्यो बारेमा अध्ययन गनुपर्ने भनाइ छ ।

सांसद वासुदेव घिमिरेले उत्पादन वृद्धि गर्ने र ऋण कम गर्ने खालका कामहरु गर्नुपर्ने र समग्रमा मुलुकको आर्थिक उत्पादन वृद्धि गर्ने खालका काम गर्नुपर्ने धारणा राखे ।

सांसद प्रभु साहले पढेलेखेका, युवा सबै विदेश जान चाहिरहेका हुँदा मुट्ठीभरका मानिस खुसी र धेरै नेपालीहरु दुःखी भएको अवस्था सुनाए ।

सांसद सूर्यप्रसाद ढकालले राष्ट्रिय गौरव र अन्य योजनामा हुने भ्रष्टाचार रोकिनुपर्ने र कलकारखानाहरुको विकास र विस्तार गर्न बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

सांसद सम्झना थपलियाले सरकारले दिएको सहुलियत किसानको ऋणमा गैरकिसानले लिएर चलाउने गरेको र वास्तविक किसान मिटरब्याजीको फन्दामा पर्ने गरेको सुनाए ।

सांसद हर्कमाया विश्वकर्माले राज्यले मुलुकको आर्थिक वृद्धि, सुशासन र समृद्धि गर्ने खालको बजेट बनाउनुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले यही वैशाख २४ गते प्रस्तुत गरेकाे कर प्रस्तावबाहेक बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल जारी छ । राष्ट्रिसभामा अर्थमन्त्रीले जवाफ दिनुपर्ने भएकाले आधा घन्टाका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरेन्द्र मोदीको अभिव्यक्ति निकै आक्रमक थियोः ट्रम्प
नरेन्द्र मोदीको अभिव्यक्ति निकै आक्रमक थियोः ट्रम्प
सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागिता
सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागिता
सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाई आज नहुने
सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाई आज नहुने
टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !
टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ
सिटौला डिस्चार्ज भए, शुभचिन्तकलाई धन्यवाद
सिटौला डिस्चार्ज भए, शुभचिन्तकलाई धन्यवाद
चाडपर्वमा बजार अनुगमन बढाइयो
चाडपर्वमा बजार अनुगमन बढाइयो
निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगको सरकारलाई निर्देशन
निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगको सरकारलाई निर्देशन
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
‘कानुन र अदालत नमान्ने’ बालेनको अभिव्यक्तिको अर्थ र असर
‘कानुन र अदालत नमान्ने’ बालेनको अभिव्यक्तिको अर्थ र असर

तपाईंले छुटाउनुभयो कि?