फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !

सारांश

  • उदयपुर ।
  • फेसबुकमा ‘समाप्त’ लेखेर एक युवकले आत्महत्या गरेका छन् ।
  • उनी हुन् त्रियुगा नगरपालिका वडा नं.

उदयपुर । फेसबुकमा ‘समाप्त’ लेखेर एक युवकले आत्महत्या गरेका छन् । उनी हुन् त्रियुगा नगरपालिका वडा नं.११ निवासी अन्दाजी २१ वर्षीय सुशील कोइराला ।

उनले बिहिबार मध्यराति १ बजेर २० मिनेट जाँदा आफनो फेसबुक ‘समाप्त’ शब्द लेखेर त्यसपछि गलामा पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

प्रायः जसो उनको फेसबुकमा पीडादायी र निराशाजनक शब्दले भरिएका साहित्यिक वाक्यहरु लेख्दै आएका थिए । प्रहरीका अनुसार कोईराला मानसिक तनावमा रहेको जस्तो देखिएको छ ।

केही समयदेखि आफन्तभन्दा टाढा बस्दै आएका शुशील पाँच÷सात दिन अगाडी मात्रै श्रीमती र साना–साना दुई छोराहरुलाई ससुराली काठमाडौं छोडेर गाईघाट फर्केका थिए । श्रीमतीलाई अघिल्लो दिन मात्रै छिटै घर आउनु भनेका उनले त्यहि रात आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले बताए ।

जब श्रीमती विहिबार बिहान करिब १० बजेतिर घर आईपुगिन् कोठा बन्द थियो । त्यसपछि श्रीमतीले छिमेकीको सहायतामा ढोका खोल्दा श्रीमान झुण्डिएको अवस्थामा फेला परेको श्रीमतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
उनको शव आजै दिउँसो पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

कोइरालाले बुधबार राति १० बजेर १० मिनेटको समयमा फेसबुकमा लगालग ३ वटा पोष्ट गरेका थिए, ति सबैमा पिडा थियो, बिछोडको वेदना थियो ।

बुधबार राती करिब १२ बजेर ४५ मिनेट जाँदा उनले यस्तो पोस्ट गरेका थिए ।

ए रात आईज न ल
निल्न मलाई
उनको सपना बोकी
चिल्न मलाई
अब तँ मात्र मरो हो
भर छैन कसैको
खुलेर कराउँछु म त
डर छैन कसैको
खुसी र हाँसो के हो
कालो मात्र देख्छु
मर्नु पर्ने हुलमा आफ्नै
पालो मात्र देख्छु
ए रात भन्देन मलाई
मर्ने कसरी सहज
डुब्नै लागेँ आँसुमा अब
तर्ने कसरी सहज
सास त भाग्यले खायो
छाती पिरले
मुटु मा प्वाल पार्छ याद
राती तिरले
भत्केको घर भो सरिर
छोडेर गए सब
दुखी छस तँ भन्दै नाता
तोडेर गए सब
ए रात भन्देन मलाई
गरूँ के अब
तँ पनी चुप लागी बस्दा
मरूँ के अब …….?’

त्यसको ३ मिनेटपछि नै यस्तो पोस्ट गरेका थिए ।

‘समय र भाग्यको यो
खेल कस्तो हो
मलाई मात्र पिडा दिने
झेल कस्तो हो
नग्न बनाई बजार मा
छर्नु पर्ने किन
सरिर हैन आत्मा बेची
मर्नु पर्ने किन
हिजो मेरो आफ्नो हुने
आज भागेछ
सायद मेरो साथले उस्लाई
लाज लागेछ
मात्र मैले उस्को साथ
खोजेको थिएँ
मेरो दुख बुझ्छ भन्दै
रोजेको थिएँ
तर आज मलाई छोडी
अन्त गयो की
मलाई जिम्दो लास बनाई
जन्त गयो की
खाडल भित्र मलाई पारी
भागी गयो उ
मेरो मनमा आफ्नो फोटो
दागी गयो उ
के हो दैब ? तेरो लेखाई
रैछस पापी तँ
मेरो जिवन बर्बाद पार्ने
भैछस पापी तँ …..’

त्यसपछि त्यसको २ मिनटको अन्तर मै ‘अलछिना’ शीर्षकमा यस्तो पोष्ट गरेका थिए, जुन कसैलाई इसारा गरेर लेखिएको देखिन्छ ।

‘मैले गर्दा र म उ सँग नजिक हुँदा उसलाई नराम्रो हुने रहेछ । जब–जब म उ सँग नजिक भएँ, तब–तब उ कुनै न कुनै भुमरीमा फस्न थाल्यो । हिजो थाहा पाएँ मैले, म उ बाट टाढै बसेको राम्रो भन्ने कुरा ।

म र मेरो यादहरूले सायद उसलाई कुनै भूमरीमा पो फसाउँछ की ? मेरो शरीर त उ बाट टाढै राखुँला, तर के मेरो मन उ बाट टाढा राख्न सक्छु होला र ..?

जन्मेको दिन र बार अनि समय त राम्रै थियो मेरो । तर म किन उसको लागि अलछिना बन्न पुगेँ.. के म साँच्चै नै अलछिना हो ।’

यी सबै पीडादायी पोष्ट गरेपछि करिब ३० मिनेट पछाडी उनले अन्तिम पोष्ट ‘समाप्त’ लेखेर यो संसार त्यागेका थिए ।

(फोटो : सुशील कोइरालाको फेसबुक प्रोफाइलबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?