डा. केसीको अनसन सत्याग्रह कि आग्रह ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
५९ पटक हेरिएको
Shares
डा. केसीको अनसन सत्याग्रह कि आग्रह ?

सारांश

  • डा.
  • केसीलाई हतियार बनाएर गुमेको राजनीतिक साख जोगाउन कांग्रेस, विवेकशील साझा पार्टी र नयाँ शक्ति माइतिघर मण्डलामा पुग्ने गरेका छन् ।
  • उनीहरुको स्वार्थ डा.

डा. केसीलाई हतियार बनाएर गुमेको राजनीतिक साख जोगाउन कांग्रेस, विवेकशील साझा पार्टी र नयाँ शक्ति माइतिघर मण्डलामा पुग्ने गरेका छन् ।

उनीहरुको स्वार्थ डा. केसीका माग पुरा गराउने होइन, सरकारबिरुद्ध लड्ने हतियारका रुपमा डा. केसीलाई प्रयोग गर्नु हो । विगतदेखि नै डा. केसी पनि कांग्रेसबाट प्रयोग हुँदै आएका छन् । चुनावमा कांग्रेसको चारतारे झण्डा बोकेर उनी काठमाडौका गल्लिमा भोट मागेको क्यामराको लेन्सले मात्र भेटेन, नागरिकका आँखाले पनि झलझलती देखेकै हुन् ।

तर त्यसलाई पुरा गराउने निहुँमा कांग्रेसको राजनीतिक साख जोगाउने कुटनीतिक कार्यको प्रयास भइरहेको छ । डा. केसीको भोकमा कांग्रेसले आत्मतृप्ती लिदैछ । आत्मतृप्ती लिने ठाउँ पनि सरकारले दिइरहेको छ । एकथरी कथित बुद्धिजिवीहरु मार्सी चामललाई भजन सम्झेर कुवाको डिलमा बसि बाँसुरी फुकिरहेका छन् र भनिरहेका छन् ‘डा.गोविन्द केसी कांग्रेस होइनन्, कांग्रेसकै पालामा धेरै अनशन बसेका छन् ।

डा. केसी सवैभन्दा बढि कांग्रेस नेतृत्वको सरकारबिरुद्ध अनशन बसेका हुन् भने उनका माग किन सम्वोधन भएन ? https://starsoffline.com/ सरकारमा हुँदा माग पुरा नगराउने अहिले केसीका माग पुरा गराउ भन्दै आस्था च्यानलमा जोगि बर्वराएजस्तै बर्वराउने कांग्रेससँग डा. केसीका समर्थकको किन एउटै भान्सा ? किन माइतिघरमा हट प्रेमको सुगन्ध ? किन डा. केसीको समर्थनमा कांग्रेसको चारतारे झण्डा माइतिघरमा फराइयो ? किन सर्वसत्ताबाद भन्दै सरकारबिरुद्ध नाराबाजी गरियो ? डा. केसीको भोकहड्ताल सर्वसत्ताबादी विरुद्ध हो ? यस्को जवाफ दिनै पर्दछ र नागरिकले खोज्नै पर्दछ ।

अझै अर्काे प्रश्न, डा. केसीको समर्थनमा सेतो पोषाकधारी डाक्टरहरु प्लेकार्ड बोकेर माइतिघरमा दैनिक हाजिरी जनाउँछन् । अस्पतालमा विरामी छोडेर कुलेलम ठोकेर माइतीघर पुग्ने डाक्टरहरुले ‘माफिया सरकार चाहिदैन’ भन्दै प्लेकार्ड बोकी नारा घन्काउँछन् । उनीहरुको सरोकार डा. केसीले उठाएका माग पुरा गराउने हो या सरकारको राजीनामा माग्ने हो ?

हुनसक्छ, डा. गोविन्द केसी हृदयदेखि नै स्वास्थ्य क्षेत्रको सुधारका लागि आमरण अनशन बसेका होलान् । तर, उनको आमरण अनशनमा कांग्रेसको जलप लागेपछि विषयवस्तु अन्यत्र मोडिएको छ र राजनीतिकरण गरिएको छ । डा. केसीको भोकमाथि अघाएका कांग्रेस खेल्न थालेपछि डा. केसीको सत्याग्रह आग्रहमा परिणत भएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरणबाट सवा तीन अर्ब राजश्व सङ्कलन
प्राधिकरणबाट सवा तीन अर्ब राजश्व सङ्कलन
सर्वोच्चमा सेटिङनै सेटिङ, जोशीमाथि प्रधानन्यायाधीश नबन्दै बदनाम भएको आरोप !
सर्वोच्चमा सेटिङनै सेटिङ, जोशीमाथि प्रधानन्यायाधीश नबन्दै बदनाम भएको आरोप !
नेवि संघले गर्याे पार्टिकार्यालय घेराउ
नेवि संघले गर्याे पार्टिकार्यालय घेराउ
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु
भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु
सुनसरी र उदयपुरबाट ६ जना पक्राउ
सुनसरी र उदयपुरबाट ६ जना पक्राउ
देउवाको राजीनामा चर्चासँगै कमल थापा मन्त्रालयबाट बिदा !
देउवाको राजीनामा चर्चासँगै कमल थापा मन्त्रालयबाट बिदा !
सिरिन्ज आतंक फैलाउने सन्तोष कार्की छुटे, अभद्र व्यवहार गरेको भन्दै फेरि पक्राउ परे
सिरिन्ज आतंक फैलाउने सन्तोष कार्की छुटे, अभद्र व्यवहार गरेको भन्दै फेरि पक्राउ परे
क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको मृत्यु
क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको मृत्यु