एउटै बोटमा २७ हजारको सुन्तला

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
३३ पटक हेरिएको
Shares
एउटै बोटमा २७ हजारको सुन्तला

सारांश

  • रामबहादुर थापा यो त्यही सुन्तलाको बोट हो, जसलाई टोपबहादुर खड्काले ३९ वर्षअघि रोप्नुभएको थियो ।
  • चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा योपालि ४५० किलो सुन्तला फल्यो ।
  • गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले रु २७ हजार कमाइ दियो ।

रामबहादुर थापा
यो त्यही सुन्तलाको बोट हो, जसलाई टोपबहादुर खड्काले ३९ वर्षअघि रोप्नुभएको थियो । चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा योपालि ४५० किलो सुन्तला फल्यो । गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले रु २७ हजार कमाइ दियो ।

बजारसम्म आइपुग्दा सुन्तलाको मूल्य अझ बढ्छ । बगैँचाबाटै किन्दा भने प्रतिकिलो रु ५० देखि ६० सम्म पर्छ । “तीन–चार रोपनीको अन्नबालीलाई एउटै बोटको सुन्तलाले जित्यो”, बागलुङ नगरपालिका–८ सिगानाका खड्काले भन्नुभयो, “यो वर्ष ३० प्रतिशतभन्दा बढीले सुन्तला उत्पादन बढेको अनुमान छ ।”

दुई वर्षअघि सोही बोटमा जम्मा ३०० किलो सुन्तला फलेको उहाँको भनाइ छ । “सुन्तला बाक्लो फल्यो, टेकै लगाएर अडाउनुप¥यो, केही बोटका त हाँगै भाँचिए”, खड्काले रासससँग भन्नुभयो, “मौसम राम्रो प¥यो, पानी, मल व्यवस्थापन र रेखदेखमा पनि ध्यान दियौँ ।”

खड्काले विसं २०३७ मा १०० बिरुवाबाट व्यावसायिक सुन्तलाखेती शुरु गर्नुभएको थियो । उहाँको बगानमा अहिले नयाँ पुराना गरी २०० सुन्तलाका बोट छन् । सबै बोटमा गरी यो वर्ष चार टन सुन्तला फलेको खड्काले बताउनुभयो । उहाँका अनुसार सुन्तलाबाट वार्षिक पाँच लाखसम्म कमाइ हुन्छ ।

खड्काले ‘सेलर स्टोर’ मा भण्डारण गरी पछिसम्म सुन्तला बेच्नुहुन्छ । त्यही सुन्तला माघ, फागुनमा बेच्दा प्रतिकिलो रु १०० सम्म पर्छ । ३९ वर्षअघि सुन्तलाखेती गर्ने गाउँकै एक्लो किसान हुनुहुन्थ्यो, खड्का । अन्नबाली छाडेर सुन्तला लगाउँदा कतिले त उहाँको खिस्सी पनि गरे । सुन्तलाले व्यावसायिक सफलता दिलाउला भनेर कमैले सोचेका थिए तर, अहिले खड्का एक्लो हुनुहुन्न ।

गाउँका झण्डै १५० किसान सुन्तलाखेतीमा लागेका छन् । यतिखेर सिगाना ‘सुन्तला गाउँ’ ले चिनिन थालेको छ । वडाअध्यक्ष राजन केसीका अनुसार सिगानामा झण्डै एक हजार रोपनीमा व्यावसायिक सुन्तलाखेती छ । “अहिले फल दिने बोट १२ हजार बढी छन्, बढाएर २५ हजार पु¥याउने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

वडाले किसानलाई वर्षेनी निःशुल्करुपमा बिरुवा उपलब्ध गराउँदै आएको छ । वडास्तरीय कृषि समितिले यो वर्ष रु दुई करोड बराबरको सुन्तला निर्यात हुने आकलन गरेको छ । गत वर्ष रु ८२ लाखको सुन्तला सिगानाबाट बाहिरिएको थियो । फल लाग्ने बेला असिनाले चुटेपछि अघिल्लो वर्ष सुन्तला उत्पादन घटेको थियो ।

काठमाडौँ, चितवन, पोखराजस्ता ठूलठूला शहरबाट आउने व्यवसायीले सिगानाका सुन्तला खरिद गर्छन् । व्यवसायीले किसानबाट बगैँचै ठेक्कामा समेत किन्छन् । ४० बोटमा फलेका सुन्तला रु ७० हजारमा एकमुष्ठ ठेक्कामा बेचेको किसान डिलबहादुर खड्काले बताउनुभयो । “गत वर्ष रु. ५० हजारमा बेचेको हो, अहिले फल बढी लागेकाले ठेक्काको मूल्य बढ्यो”, उहाँले भन्नुभयो ।

साना डोके व्यापारीले पनि किसानसँग किनेर बजारमा ल्याइ बेच्ने गरेका छन् । सिगानामा वर्षेनी सुन्तलाखेती विस्तार हुँदै गएको छ । प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तलाखेती अझै बढाउने सोचमा किसान छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगाना पनि समावेश छ ।

सुन्तलाको उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरी परियोजना सञ्चालन भइरहेको छ । सन्तुलाखेतीका लागि सिगाना उर्बर मानिन्छ । किसानले कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट समेत सहयोग पाएका छन् । आयोजनाको रु १० लाख अनुदानमा स्थानीय सिर्जना बहुउद्देश्यीय कृषक समूहले सुन्तला भण्डारणका लागि ‘सेलर स्टोर’ बनाएको छ ।

अन्नबालीभन्दा सुन्तलाखेती गर्दा नगद आम्दानी हुन थाले पनि किसान सुन्तलाखेतीतर्फ आकर्षित हुँदै गएका हुन् । सिगानासँगै बिहुँ, तित्याङ, दमेकलगायतका ठाउँ सुन्तलाखेतीका लागि ‘पकेट’ मानिन्छन् । जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा प्रमाणपत्र धितो राखेर ऋण !
दाङमा प्रमाणपत्र धितो राखेर ऋण !
खर्च विवरण नबुझाउनेलाई जरिवाना नगर्न अदालतको आदेश
खर्च विवरण नबुझाउनेलाई जरिवाना नगर्न अदालतको आदेश
Pinup Pixie: Everything You Need To Know About This Tiktok Sta
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु
‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु
“सरकारी छाप र हस्ताक्षरकीर्तेको  ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?
“सरकारी छाप र हस्ताक्षरकीर्तेको ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?
बिहारमा आलु रहे पनि लालु चले हजारीबाग जेल
बिहारमा आलु रहे पनि लालु चले हजारीबाग जेल
रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो
बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो

तपाईंले छुटाउनुभयो कि?