रुसी विमान माथि सिरियाली क्षप्यास्त्र द्वारा अाक्रामण, १५ काे मृत्यु !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२२ पटक हेरिएको
Shares
रुसी विमान माथि सिरियाली क्षप्यास्त्र द्वारा अाक्रामण, १५ काे मृत्यु !

सारांश

  • मस्को, २ असोज ।
  • रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खासालिएको रूसी रक्षामन्त्रालयले मङ्गलबार जनाएको छ ।
  • उक्त आक्रमणबाट विमानमा यात्रारत १५ जनाको मृत्यु भएको रूसको दावी छ ।

मस्को, २ असोज । रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खासालिएको रूसी रक्षामन्त्रालयले मङ्गलबार जनाएको छ । उक्त आक्रमणबाट विमानमा यात्रारत १५ जनाको मृत्यु भएको रूसको दावी छ । रूसले विमान आक्रमणमा इजरायली हात रहेको बताइएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रमा इजरायली लडाकूसँग भएको दोहोरो झडपका क्रममा विमानमा लागेपछि जमिनमा खसेको र चालक दलका सदस्यसहित सबैजनाको मृत्यु भएको रूसी रक्षामन्त्रालयले पुष्टि गरेको छ । रूसी सेनाले दिएको जानकारी अनुसार सोमबार राति आफ्नो जासुसी विमान आइएल–२० लाई रूसी हवाई अखडामा फर्किरहेका वेला सामुद्रिक सतहदेखि ३५ किलोमिटर टाढा आक्रमण गरिएको हो ।

इजरायली चालकले रूसी विमानलाई ढालका रूपमा प्रयोग गर्दै आक्रमणको निशाना बनाउन सफल भएको रूसी रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल आइगोर कोनासेनकोभद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रूसी रक्षामन्त्री सर्गेइ सोइगुले आफ्ना इजरायली समकक्षी अभिगडोर लाइबरम्यानलाई मङ्गलबार फोन गरी घटनामा पूर्णतया इजरायल दोषी रहेको बताउनुभयो । तर इजरायली सैनिक तथा विदेश मन्त्रालयले विमान आक्रमणबारे रूसी दावीको खण्डन गर्नुभएको छ । रूसले विमानको भग्नावशेष र केही मृत शरीरलाई समुद्रबाट बाहिर ल्याइसकिएको बताएको छ । केही यात्रुको मृत शरीरलाई उद्धार कार्य जारी रहेको पनि रूसी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
गरिबीको रेखामाथि उठाउन गठबन्धनः नेता विष्ट
गरिबीको रेखामाथि उठाउन गठबन्धनः नेता विष्ट
बुटवल उपमहानगरपालिका अपडेट 12:45 pm
बुटवल उपमहानगरपालिका अपडेट 12:45 pm
शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन
शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन
अमेरिका र मेक्सिको बीच  स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
अमेरिका र मेक्सिको बीच स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
आज कुन राशिहरूको चम्किनेछ भाग्य ? हेर्नुस् राशिफल
आज कुन राशिहरूको चम्किनेछ भाग्य ? हेर्नुस् राशिफल
निःशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परीक्षण
निःशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परीक्षण
मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता
मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास

तपाईंले छुटाउनुभयो कि?