नवनियुक्त प्रधानन्यायाधीश जबराले सपथ लिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
नवनियुक्त प्रधानन्यायाधीश जबराले सपथ लिए

सारांश

  • काठमाडौं।
  • नवनियुक्त प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले पद तथा गोपनीयताको सपथ लिएका छन्।
  • राष्ट्रपति विद्या भण्डारीले शितल निवासमा बुधबार बिहान एक समारोहका बीच नवनियुक्त प्रधानन्यायाधिश जबरालाई पद तथा गोपनियताको सपथ खुवाइकी हुन्।

काठमाडौं। नवनियुक्त प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले पद तथा गोपनीयताको सपथ लिएका छन्।
राष्ट्रपति विद्या भण्डारीले शितल निवासमा बुधबार बिहान एक समारोहका बीच नवनियुक्त प्रधानन्यायाधिश जबरालाई पद तथा गोपनियताको सपथ खुवाइकी हुन्। मंगलबार संसदीय सुनुवाई विशेष समितिले जबरालाई प्रधानन्यायाधिशमा सर्वसम्मत अनुमोदन गरेको थियो।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दलका नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो।
२०१४ साल मंसीर २८ गते काठमाडौंमा जन्मनु भएका नवनियुक्त प्रधानन्यायाधिश जबराले २०३६ सालदेखि कानुन व्यवसायमा प्रवेश गरेका थिए। २०५२ सालसम्म कानुन व्यवसायमा संलग्न उहाँ त्यसपछि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधिशमा नियुक्त भएका थिए। पुनरावेदन अदालतमा रहँदा ४ हजार ५ सय मुद्दा फैसला गर्नु भएका नवनियुक्त प्रधानन्यायाधिश जबराले २०७१ साल जेठ १३ गते सर्वोच्च अदालतमा न्यायाधीश भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा सरकारले सदरमुकाम सारिदिएपछि रुकुमकोटवासी आक्रोशित, ठप्प रुकुमकोट
देउवा सरकारले सदरमुकाम सारिदिएपछि रुकुमकोटवासी आक्रोशित, ठप्प रुकुमकोट
न्यायाधीश कार्की इजलाशबाट बाहिरिएपछि बालुवाटार असन्तुष्ट
न्यायाधीश कार्की इजलाशबाट बाहिरिएपछि बालुवाटार असन्तुष्ट
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
दिवंगत डीआईजी सुशीलकुमार भण्डारीको अवैध लगानी क्रसर उद्योगमा !!!
दिवंगत डीआईजी सुशीलकुमार भण्डारीको अवैध लगानी क्रसर उद्योगमा !!!
कैलाली र बाँकेको ताजा मतपरिणाम
कैलाली र बाँकेको ताजा मतपरिणाम
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
युरोकप फुटबलः स्पेनलाई चौथो पटक उपाधि
युरोकप फुटबलः स्पेनलाई चौथो पटक उपाधि
सत्ता पक्षदेखि विपक्षी दल सडकमा, नेतालाई सडकै प्यारो
सत्ता पक्षदेखि विपक्षी दल सडकमा, नेतालाई सडकै प्यारो
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?