कपाल काेर्न नमान्दा छाेरीकाे हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
५४ पटक हेरिएको
Shares
कपाल काेर्न नमान्दा छाेरीकाे हत्या

सारांश

  • झापा, ७ भदाै ।
  •   झापामा एक आमाले कपाल कोर्न नमानेको भन्दै नाबालक छोरीको हत्या गरेकी छन् ।
  • बिर्तामोड नगरपालिका-५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बूले छोरीलाई कुटपिट गरी ज्यान लिएकी हुन् ।

झापा, ७ भदाै ।  झापामा एक आमाले कपाल कोर्न नमानेको भन्दै नाबालक छोरीको हत्या गरेकी छन् । बिर्तामोड नगरपालिका-५ सुब्बा चोक बस्ने २७ वर्षीया हेमन्ता कुरुम्बाङ लिम्बूले छोरीलाई कुटपिट गरी ज्यान लिएकी हुन् ।

आठ वर्षीया छोरीलाई स्कुल पठाउने क्रममा कपाल कोर्न नमानेको भन्दै लिम्बूले लाठीले कुटपिट गरेकी थिइन् । हेमन्ताले लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी ८ वर्षीया छोरी सफल्ता कुरुम्बाङ लिम्बूको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ