राप्रपाको चार स्थानमा जीत, कसले कहाँ जिते ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ८, २०७९
|
|
३२ पटक हेरिएको
Shares
राप्रपाको चार स्थानमा जीत, कसले कहाँ जिते ?

सारांश

  • काठमाडौँ ।
  • गत आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हालसम्म ४ क्षेत्रमा जित हासिल गरेको छ ।
  • राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट जित निकालेका छन् ।

काठमाडौँ । गत आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हालसम्म ४ क्षेत्रमा जित हासिल गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट जित निकालेका छन् । उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याउँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत मात्र ल्याए ।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले जित हासिल गरेका छन् । उनले माओवादीकी गोमा गौतम कुँवरलाई पराजित गरे । शाहीले २२ हजार ८ सय १९ मत ल्याउँदा गौतमले १९ हजार ९ सय ५९ मत ल्याइन् ।

त्यस्तै, बाँके क्षेत्र नम्बर २ मा पनि राप्रपाकै धवलशमशेर राणले जित हासिल गरेका छन् । उनले जनता समाजवादी पार्टी जसपाका मोहम्मद इश्तियाक राईलाई पराजित गरे । राणले २९ हजार ५ सय ७७ मत ल्याउँदा राईले २३ हजार ५ सय २० मत ल्याए ।

यसैगरी, मकवानपुर १ मा पनि राप्रपाकै दिपकबहादुर सिंह विजयी भएका छन् । उनले कांग्रेसकी महालक्ष्मी उपाध्यायलाई पराजित गरे । सिंहले २७ हजार ८ सय १६ मत ल्याउँदा उपाध्यायले २५ हजार ४ सय ३४ मत ल्याइन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    nimabi

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks. nimabi

    Comment Author

    binance Norādījuma bonusa kods

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/uk-UA/register?ref=W0BCQMF1

    Comment Author

    binance referral code

    Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.info/it/join?ref=S5H7X3LP

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?