गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजियो: पुष्पकमल दाहाल प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजियो:  पुष्पकमल दाहाल प्रचण्ड

सारांश

  • काठमाडाैं,  ७ साउन ।
  •  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै मेडिकल कलेजहरूलार्इ राष्ट्रियकरण गरेर समस्याको समाधान नहुने बताएका छन् ।
  • सोमबार काठमाडाैंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

काठमाडाैं,  ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै मेडिकल कलेजहरूलार्इ राष्ट्रियकरण गरेर समस्याको समाधान नहुने बताएका छन् । सोमबार काठमाडाैंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने ‘हाम्राे संविधानले के परिकल्पना गरेको छ भने निजि क्षेत्र, सार्वजनिक क्षेत्र, संयोजनबाट देशको अर्थतन्त्रलाइ अगाडी बढाउने व्यक्त गरेको छ । उनले भने, ‘हामी सम्पूर्ण रुपले निजी क्षेत्रलाई उन्मुलन गर्न सक्दैनौँ, नियमन र व्यवस्थापन गर्दै समाजवादको आधार तयार पार्ने हाम्रो उद्देश्य हो ।’ डा. गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजिएको’ टिप्पणी गरेका छन् । शिक्षा क्षेत्रमा रहेका समस्या र केसीको अनशनलाई निहुँ बनाएर एउटा वर्गले राजनीतिक अस्थिरतालाई निरन्तरता दिन खोजेको प्रचण्डको भनाई छ ।

अनशनमा रहेका केसीको स्वास्थ्य परीक्षण पनि गर्न नदिने, जीवनरक्षा पनि गर्न नदिने र उनीसँग वार्ता पनि गर्न नदिने तत्व सक्रिय भएको बताए । ‘यो हेर्दा शिक्षा क्षेत्रबाट सुरु भएजस्तो देखिन्छ । तर यहाँ बडा विचित्र भएको छ’, उनले भने, ‘उहाँको जीवनरक्षा गर्न पनि नदिने, सरकारी डाक्टरहरूलाई स्वास्थ्य परीक्षण गर्न पनि नदिने र उहाँसँग वार्ता गर्न पनि नदिने काम भइरहेको छ ।’

शिक्षा क्षेत्रका समस्या र केसीको अनशनलाई बहाना बनाएर आन्दोलन गर्नेहरू समस्या समाधानतिर नभई समस्यालाई झन् विकराल बनाउन केन्द्रित रहेको प्रचण्डको भनाई छ । ‘शिक्षा क्षेत्रमा समस्या छन्, तीनलाई समाधान गर्नु नै छ’, उनले भने, ‘तर अहिले समस्या देखाएर आन्दोलन गर्नेहरू समस्या समाधान होइन, के गरी समस्यालाई विकराल रुप दिन सकिन्छ र अराजकता फैलान सकिन्छ भन्नेमा केन्द्रित भएको देखिन्छ ।’

सरकार विधेयकमा थपघट गर्न तयार भए पनि माथेमा आयोगको प्रतिवेदनबाट दायाँवायाँ गर्न आन्दोलनरत पक्ष तयार नभएको प्रचण्डको भनाई छ । ‘यदि एकाध मान्छेले जे भन्छन् त्यही गर्ने हो भने किन चाहियो निर्वाचनको नाटक, किन चाहियो संविधान, किन चाहियो प्रतिनिधिसभा, किन चाहियो प्रदेशसभा, किन चाहियो स्थानीय तह ?’, प्रचण्डले प्रश्न गरे, ‘हामीसँग भएको प्रक्रियाभित्रबाट समस्याको समाधान खोज्नुमात्र लोकतान्त्रिक हो ।’

‘शिक्षा क्षेत्रलाई राजनीतिक अराजकता फेलाउने माध्यमको रुपमा, एकाध व्यक्तिको अनशनलाई राजनीतिक वैतर्णी तर्ने माध्यमका रुपमा प्रयोग गर्ने कसरत भएको छ’, उनले भने । हेर्दा शिक्षा क्षेत्रको सुधारबाट सुरु भएजस्तो देखिए पनि धमिलो पानीमा माछा मार्नेहरू सक्रिय भएको प्रचण्डको दावी छ। ‘एकथरी मानिसहरू नेपालमा स्थितरता नहोस्, समृद्धि नहोस्, नेपालको शिक्षाक्षेत्रसहित सबै क्षेत्रमा विकास र सुधार नहोस् भन्ने सुधार नहोस् भन्ने चाहना राख्ने र त्यसैमा विगतदेखि फाइदा कमाइरहेको सानो वर्गले अहिले पनि निहुँ बनाउन खोजेको छ र राजनीतिक अस्थिरतालाई निरन्तरता दिन खोजेको छ’, प्रचण्डले भने ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
सपथ लगत्तै भारतीय प्रधानमन्त्री देशबाहिर कहाँ जालान् ?
सपथ लगत्तै भारतीय प्रधानमन्त्री देशबाहिर कहाँ जालान् ?
प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड
प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
Jogue o Jogo Pin Up Aviator no Pin-Up Cassin
सभामुखले परामर्श नगरेको भन्दै ओलीले जनाए आपत्ति
सभामुखले परामर्श नगरेको भन्दै ओलीले जनाए आपत्ति
रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले बिजयी
रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले बिजयी
सत्तारुढ दलबिचमा चरम असन्तुष्टि, मन्त्री परिषदको विस्तारको महाभारत ,अझै टुङ्गो लागेन..
सत्तारुढ दलबिचमा चरम असन्तुष्टि, मन्त्री परिषदको विस्तारको महाभारत ,अझै टुङ्गो लागेन..

तपाईंले छुटाउनुभयो कि?