फ्रान्सले विश्वकप जितेमा प्रशिक्षकले यस्तो रेकर्ड कायम गर्नेछन्

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
फ्रान्सले विश्वकप जितेमा प्रशिक्षकले यस्तो रेकर्ड कायम गर्नेछन्

सारांश

  • आइतबार राति रुसको लुज्निकी रंगशालामा जर्सीमा अर्को तारा थप्न फ्रान्सलाई जुन अवसर छ, सायद त्यो भन्दा ठूलो अवसर फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पका अगाडि छ ।
  • फ्रान्सले विश्वकप जितेमा उनले यस्तो कीर्तिमान बनाउनेछन्, जुन यसअघि मात्र दुई जनाले हासिल गरेका छन् ।
  • ‘सबै सफल खेलाडी सफल प्रशिक्षक हुन सक्दैनन् ।

आइतबार राति रुसको लुज्निकी रंगशालामा जर्सीमा अर्को तारा थप्न फ्रान्सलाई जुन अवसर छ, सायद त्यो भन्दा ठूलो अवसर फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पका अगाडि छ ।

फ्रान्सले विश्वकप जितेमा उनले यस्तो कीर्तिमान बनाउनेछन्, जुन यसअघि मात्र दुई जनाले हासिल गरेका छन् ।

‘सबै सफल खेलाडी सफल प्रशिक्षक हुन सक्दैनन् ।’ यसको उदाहरणको रुपमा डिएगो म्याराडोनालाई लिए हुन्छ । तर, अपवाद पनि त हुन्छन् नि १ हो, त्यही अपवाद बन्ने लक्ष्यमा छन् फ्रेञ्च प्रशिक्षक डेसच्याम्प ।

सन् १९९८ मा घरमै भएको विश्वकपको ट्रफी डेसच्याम्पले उचालेका थिए, कप्तानका रुपमा डिफेन्सिभ मिडफिल्डका उच्चस्तरीय खेलाडी डेसच्याम्प अहिले क्रोएसियाविरुद्ध अचुक रणनीति बनाउँदैछन्, किनभने उनलाई जसरी पनि जित्नुछ र इतिहासमा तेस्रो व्यक्ति बन्नुछ । जसले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्न सकेको होस् ।

४९ वर्षीय डेसच्याम्प सन् १९९८ मा फ्रान्सले पहिलो पटक विश्वकप जित्दा टोलीका कप्तान थिए । उनको नेतृत्वमा साविक विजेता ब्राजिललाई फाइनलमा ३–० ले हराएर फ्रान्सले इतिहास कायम गरेको थियो ।

उनी आफ्नो नाम इतिहासमा लेखाउन मात्र ९० मिनेटले पछि छन् । विश्वकपको बीसौं संस्करणसम्म केवल दुई व्यक्तिले यो सफलता हात पारे, ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फन्स बेकनबउर।

जागाल्लोले १९५८ र १९६२ मा खेलाडी र १९७० मा प्रशिक्षकका रुपमा ब्राजिलका लागि विश्वकप उपाधि जितेका थिए । यस्तै १९७४ मा खेलाडीका रुपमा विश्वकप जितेका बेकनबउरले प्रशिक्षक बनेर १९९० मा जर्मनीलाई उपाधि दिलाए ।

सन् १९९८ मा विश्वकप च्याम्पियन बन्नुअघिको डेसच्याम्पको टोलीको पीडा भने अर्कै थियो । सन् १९९० र १९९४ को विश्वकपमा फ्रान्स छनोट हुनै सकेको थिएन । १९९४ को विश्वकप छनोटमा निर्णायक खेलमा बुल्गेरियासँग पराजित हुनुको पीडा सायद उनको पुस्ताले कहिल्यै बिर्सनेछैन ।

तर १९९८ मा फ्रान्स घरेलु मैदानमा भएको विश्वकपमार्फत फर्कियो धमाकेदार रुपमा । १९८९ देखि २००० सम्म राष्ट्रिय टिमबाट खेलेका डेसच्याम्पले १०३ क्याप जितेका छन् ।

के आइतबार राति फ्रान्सेली टोलीले मस्कोस्थित लुज्निकी रंगशालामा आफ्ना प्रशिक्षकलाई जीवनकै अमूल्य उपहार दिन सक्षम होला?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलीबाट अनशन बस्ने डा. केसीको चेतावनी
भोलीबाट अनशन बस्ने डा. केसीको चेतावनी
राष्ट्रिय ख्रीष्टियन महासंघको राष्ट्रिय भेला शुरु
राष्ट्रिय ख्रीष्टियन महासंघको राष्ट्रिय भेला शुरु
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी
१९ वर्षमुनिको विश्वकप तयारी : भारतको फ्रेन्डस् स्पोर्टसलाई नेपालले १२१ रनले हरायो
१९ वर्षमुनिको विश्वकप तयारी : भारतको फ्रेन्डस् स्पोर्टसलाई नेपालले १२१ रनले हरायो
रौतहटको गौर र गरुडामा एमालेको अग्रता
रौतहटको गौर र गरुडामा एमालेको अग्रता
हिमानी ट्रष्टको नाममा ठगि गरेको आरोपमा एक व्यक्ति पक्राउ
हिमानी ट्रष्टको नाममा ठगि गरेको आरोपमा एक व्यक्ति पक्राउ
ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल
ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल
प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न माग
प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न माग

तपाईंले छुटाउनुभयो कि?