बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २८, २०८०
|
|
२३ पटक हेरिएको
Shares
बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

सारांश

  • दैलेख।
  • भैरवी गाउँपालिका-५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन्।
  • घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उनीमात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन्।

दैलेख। भैरवी गाउँपालिका-५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन्। घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उनीमात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन्।

केही वर्षअघिदेखि बँदेल र बाँदरले लगाएको बाली नष्ट गर्न थालेपछि उनीहरु मारमा पर्दै गएका छन्। जंगल क्षेत्रको विस्तारसँगै नजिक आउने जङ्गली जनावरले वर्षमा छ महिना खान पुग्ने मकैखेती सखाप पारेपछि अन्न खोज्नुपर्ने चिन्तामा किसान छन्।

‘जंगली जनावर बँदेलले मकै सखाप पार्दै आएपछि जोगाउन बारीमै रातभर जागराम बस्नुपर्ने बाध्यतामा छौं, वर्षमा छ महिना खान पुग्ने खेती बाँदर/बँदेलले नष्ट गरेपछि अन्न बेसाउनुपर्ने भएको छ’, किसान जैसीले भने।

भैरवी गाउँपालिकामा मात्र नभई बँदेल र बाँदरले जिल्लाका धेरै ठाउँमा मकैखेती नष्ट गर्दै आएका छन्। कृषि विकास कार्यालय दैलेखका अनुसार यहाँका ११ स्थानीय तहमा बँदेल र बाँदरले किसानको मकैखेती मात्र नभई अन्य खेतीमा समेत क्षति पुर्याउँदै आएको छ।

कार्यालय प्रमुख दशरथ पाण्डेले दैलेखका सबै स्थानीय तहका ९० वडामा २१ हजार एक सय ७५ हेक्टरमा किसानले मकैखेती लगाउँदै आएको बताए। उनले पछिल्ला वर्षमा जंगली जनावरले किसानको बालीमा क्षति गर्ने गरेको बताए।

उनले किसानको क्षतिमा कार्यालयले पर्याप्त मात्रामा राहत उपलब्ध गराउन नसक्ने बताए। ‘अहिले मकैखेतीको समय हो, बँदेल र बाँदरले मकैखेतीमा क्षति पुर्‍याउँदै आएको छ, यसलाई नियन्त्रण गर्न आम किसानसँगै सम्बन्धित निकाय लाग्नुपर्ने देखिन्छ, कृषिले पर्याप्त राहत दिन सक्दैन कार्यविधि त्यहीअनुसारको छ’, कार्यालय प्रमुख पाण्डेले भने।

उनले किसानको कति मकैखेतीमा जङ्गली जनावरले क्षति पुर्‍यायो भन्ने विवरण कृषि विकास कार्यालयसँग नरहेको बताए। उनले भने, ‘कार्यालयसँग क्षतिको विवरण छैन, स्थानीय सरकारले संकलन गरेको भन्ने छ, हामीले क्षतिको विवरण हेरेर बीउसम्म उपलब्ध गराउन सक्छौँ, कृषिले राहतभन्दा पनि अनुदान दिने गर्दछ।’

भैरवी गाउँपालिकाका कृषि शाखा प्रमुख प्रकाश भट्टराईले एक वडामा पाँचदेखि सात रोपनी जग्गामा किसानले लगाएको मकैमा बँदेलले क्षति पुर्‍याएको जानकारी दिए। उनले गाउँपालिकाका सबै वडाबाट जंगली जनावरले मकैमा पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने कामलाई तीव्रता दिएको बताए।

‘मकैबालीमा बँदेल र बाँदरले पुर्‍याएको क्षतिको विवरण संकलनलाई तीव्रता दिएका छौं, अहिलेसम्म गाउँपालिका–१, २, ३, ४, ५ वडामा बढी मात्रमा क्षति पुगेको पाएका छौं, गाउँपालिकाले राहत दिने कुनै नीति बनाएको छैन, जंगली जनावरको नियन्त्रणतर्फ तीनै तहका सरकार लागिपर्नुपर्ने देखिन्छ’, शाखा प्रमुख भट्टराईले भने। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने
प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
हरितालिका तिज हिन्दुनारीहरुको महान चाड
हरितालिका तिज हिन्दुनारीहरुको महान चाड
ओलीले केन्द्रीय कमिटीमा ५५६ थपे, पार्टीको नाम र चुनाव चिन्ह कब्जाको रणनीति
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
थप १० सहरलाई ‘स्मार्ट सिटी’ बनाइने, मधेसमा पाँच सहर थप्ने लक्ष्य
थप १० सहरलाई ‘स्मार्ट सिटी’ बनाइने, मधेसमा पाँच सहर थप्ने लक्ष्य
ट्रम्पकै भूमिमा ट्रम्पलाई टक्कर!
ट्रम्पकै भूमिमा ट्रम्पलाई टक्कर!
नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो
नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुशीयालीसँग जोड्नुपर्दछ : प्रधानमन्त्री ओली
शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव
शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?