उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०८१
|
|
१८ पटक हेरिएको
Shares
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने

सारांश

  • काठमाडौं।
  • मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको छ।
  • आयोगले मंगलबार उम्मेदवारको नामावली सार्बजनिक गरेसँगै आज उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली सार्बजनिक गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ।

काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको छ।

आयोगले मंगलबार उम्मेदवारको नामावली सार्बजनिक गरेसँगै आज उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली सार्बजनिक गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ।

आयोगले आज बिहान ९ बजेदेखि अपराहन्न १ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताएको छ।

त्यस्तै आयोगले आज अपराहन्न १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्ने जनाएको छ। त्यस्तै आजै आयोगले आजै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ।

यस अघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा ४१० उम्मेदवारले मनोनयन दर्ता गरेका थिए।

अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ। जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ।

उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन्। कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन्।

माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?