चीनसँग जोडिएको तातोपानी नाका जेठभित्र खुल्ने
सारांश
- काठमाडौं ।
- भूकम्पपछि ठप्प रहेको सिन्धुपाल्चोकको उत्तरी तातोपानी नाका खुल्ने भएको छ ।
- चार वर्षदेखि बन्द रहेको चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका जेठभित्रै खुल्नेगरी काम भैरहेको छ ।
काठमाडौं । भूकम्पपछि ठप्प रहेको सिन्धुपाल्चोकको उत्तरी तातोपानी नाका खुल्ने भएको छ । चार वर्षदेखि बन्द रहेको चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका जेठभित्रै खुल्नेगरी काम भैरहेको छ ।
उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार तातोपानीको लार्चामा बन्दै गरेको अत्याधुनिक सुक्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउनेछ।
बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको बताइएको छ । बन्दरगाह नेपाललाई हस्तान्तरण हुनासाथ तातोपानी नाका सञ्चालनमा आउनेछ ।
चीन सरकारको सहयोगमा निर्माण अन्तिम चरणमा पुगेको बन्दरगाहभित्र हस्तान्तरण गर्ने जानकारी पठाइसकेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया