बढि भएको बिजुली बेचेर यसरी पैसा कमाउनुस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
बढि भएको बिजुली बेचेर यसरी पैसा कमाउनुस

सारांश

  • यदी तपाईले घरमा जडान गरेको सोलार सिस्टमबाट उत्पादित बिजुली बढि भएको छ र कहाँ सदुयोग गर्ने भनेर सोचिरहनु भएको छ भने यो तपाईका लागि खुशीको खबर हुन सक्छ ।
  • अब विद्युत प्राधिकरणले घर–घरमा उत्पादित बढि भएको सौय उर्जा किन्ने भएको छ ।
  • प्राधिकरण यसरी किनिएको सौर्य उर्जालाई प्रति युनिट ७ रुपैया ३० पैसाको दरमा किन्दैछ ।

यदी तपाईले घरमा जडान गरेको सोलार सिस्टमबाट उत्पादित बिजुली बढि भएको छ र कहाँ सदुयोग गर्ने भनेर सोचिरहनु भएको छ भने यो तपाईका लागि खुशीको खबर हुन सक्छ । अब विद्युत प्राधिकरणले घर–घरमा उत्पादित बढि भएको सौय उर्जा किन्ने भएको छ । प्राधिकरण यसरी किनिएको सौर्य उर्जालाई प्रति युनिट ७ रुपैया ३० पैसाको दरमा किन्दैछ । घर–घरमा खपत हुँदै आएको बिजुलीभन्दा बढी सौिर्य उर्जा भएका किन्नका लागि उर्जा मन्त्रालयले कार्यविधि तयार पारेसँगै प्राधिकरणलाई विद्युत खरिद गर्न र घरधनीलाई बेच्न बाटो खुलेको हो । ‘घरायसी तथा संस्थागत सौर्य विद्युत उत्पादन आयोजनाले प्राधिकरणबाट खरिद गरेकोभन्दा प्रणालीमा दिएको बिजुली बढी भएमा खरिद गरिने  कार्यविधिमा उल्लेख छ ।
संस्थागत र घरायसी उत्पादन गणना गर्न ‘नेट इनर्जी मिटरिङ’ जडान गरिने व्यवस्था कार्यविधिमा छ । ‘ग्रिड कनेक्टेड सौर्य ऊर्जा विकास सम्बन्धि कार्यविधि २०७४’ अनुसार घरायसी प्रयोजनका लागि पाँच सय वाटदेखि १० किलोवाटसम्म उत्पादन गर्न सकिनेछ । त्यसका लागि विद्युत विकास विभागबाट अनुमति लिनु पर्दैन । १० देखि चार सय ९९ किलोवाटसम्म विद्युत उत्पादन गर्नेलाई संस्थागत र पाँच सय वाटमाथिलाई व्यापारिक सौर्य ऊर्जा मानिने कार्यविधिमा उल्लेख छ । १० किलोवाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनीले भने विद्युत विकास विभागबाट सर्वेक्षण अनुमति लिनुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवअधिकार उल्लंघन हुन नदिन आयोगको आग्रह
मानवअधिकार उल्लंघन हुन नदिन आयोगको आग्रह
६ करोड कर छलेको आराेपमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक विरुद्ध मुद्दा दायर
६ करोड कर छलेको आराेपमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक विरुद्ध मुद्दा दायर
यी महिलाले ल्याइन पुरुष, पुरुष ल्याएपछि के भयो ?
यी महिलाले ल्याइन पुरुष, पुरुष ल्याएपछि के भयो ?
पार्टी एकतामा प्रतिशतको बिबाद छैन : पौडेल
पार्टी एकतामा प्रतिशतको बिबाद छैन : पौडेल
चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी
विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी
यौनिक अल्पसंख्यकलाई फरक ढंगले हेरिदैनः केन्द्रीय साईवर व्यूरो
यौनिक अल्पसंख्यकलाई फरक ढंगले हेरिदैनः केन्द्रीय साईवर व्यूरो
दीपक मनाङेको अपराध यात्रादेखि माननीयसम्म
दीपक मनाङेको अपराध यात्रादेखि माननीयसम्म

तपाईंले छुटाउनुभयो कि?