मन्त्रिपरिषद बैठक नै अवरुद्ध गरी मन्त्रीहरु भ्रमणमा जानुलाई के भन्नुहुन्छ ?
सारांश
- गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ ।
- चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन् ।
- साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन।
गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ । चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन् । साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन। कारण मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित अधिकांश मन्त्री पोखराबाहिर रहे ।
मुख्यमन्त्री गुरुङ बुधबार गोरखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हरि अधिकारीको छोरीको बिहेमा पुगे । उनीसँगै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, भूमि व्यवस्थ, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर पनि चितवन गए ।
चितवनबाट मुख्यमन्त्रीसहित तीन मन्त्री गण्डकी गाउँपालिकामा आयोजित मुन्थला महोत्सव र होमस्टे उद्घाटनका लागि गोरखा पुगे । अर्थमन्त्री किरण गृहजिल्ला तनहुँको देवघाट पसेर साँझ पोखरा फर्किने क्रममा थिए । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान एकैछिन कार्यालय पसेर बाहिर निस्किए ।
सामाजिक विकासमन्त्री नरदेवी पुन पोखराकै एक कार्यक्रममा व्यस्त रहेको मन्त्रालयका एक कर्मचारीले बताए । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल थाइल्याण्ड भ्रमणमा छन् ।
प्रतिक्रिया