बिरामी ओसारिने एम्बुलेन्समा चित्तल फेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
४५ पटक हेरिएको
Shares
बिरामी ओसारिने एम्बुलेन्समा चित्तल फेला

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ ।
  • सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको छ ।
  • आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नंको एम्बुलेन्समा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको छ । आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नंको एम्बुलेन्समा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।

उहाँले इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जाँच गर्दा एम्बुलेन्समा चित्तल फेला परेको बताउनुभयो । चित्तल कहाँबाट ल्याइएको भन्ने खुल्न सकेको छैन । एम्बुलेन्स चालक महेश बोहरा र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छन् । उक्त चित्तल वन कार्यालयलाई बुझाइएको र चालकलाई कानूनअनुसार कार्वाही गरिने प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गत कात्तिकमा डिलासैनीसहित १६ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली भूमि मिचेर भारतीयले बनाएका टहरा सशस्त्र प्रहरीले भत्कायो
नेपाली भूमि मिचेर भारतीयले बनाएका टहरा सशस्त्र प्रहरीले भत्कायो
रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म
रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म
प्रम कप क्रिकेट : सुदूरपश्चिम छनोट
प्रम कप क्रिकेट : सुदूरपश्चिम छनोट
कोरोना संक्रमितको उपचारका लागि ६ दिनमै चीनले कसरी बनाउँछ अस्पताल ?
कोरोना संक्रमितको उपचारका लागि ६ दिनमै चीनले कसरी बनाउँछ अस्पताल ?
उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त
उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त
कांग्रेसले  बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….
कांग्रेसले बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….
डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?
डा.बाबुराम भट्टराईमा एक्कासी किन जाग्यो प्रेम ?
मध्यरातमा निगमले फेरि बढायो इन्धनमा मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची
मध्यरातमा निगमले फेरि बढायो इन्धनमा मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची
वर्षान्त २०२३ :  विश्व अर्थतन्त्र थलिएको वर्ष
वर्षान्त २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान