‘विकनी किलर’ शोभराज का छिमेकी गोरे !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
‘विकनी किलर’ शोभराज का छिमेकी गोरे !

सारांश

  • काठमाडाै, २५ असार ।
  • कुख्यात ‘विकनी किलर’ चार्ल्स  गुरुमुख शोभराज र सुन तस्कर चुडामणि उप्रेति (गोरे) यतिबेला केन्द्रीय कारागार (सुन्धारा) भित्रको गोलघरमा छिमेकीका रुपमा कैद जीवन भुक्तान गरिरहेका छन्।
  • गोलघरभित्र रहेका साना झण्डै आधा दर्जन कोठामध्ये एउटा कोठामा चार्ल्स शोभराज पहिल्यैदेखि राखिएका थिए, २८ जेठ यता गोरेपनि शोभराज आडैको कोठामा राखिएका छन्।

काठमाडाै, २५ असार । कुख्यात ‘विकनी किलर’ चार्ल्स  गुरुमुख शोभराज र सुन तस्कर चुडामणि उप्रेति (गोरे) यतिबेला केन्द्रीय कारागार (सुन्धारा) भित्रको गोलघरमा छिमेकीका रुपमा कैद जीवन भुक्तान गरिरहेका छन्।

गोलघरभित्र रहेका साना झण्डै आधा दर्जन कोठामध्ये एउटा कोठामा चार्ल्स शोभराज पहिल्यैदेखि राखिएका थिए, २८ जेठ यता गोरेपनि शोभराज आडैको कोठामा राखिएका छन्।

राखिएको कोठाबाट बाहिर निकालिएका बेला शोभराज र गोरेबीच सामान्य कुराकानी हुने गरेको छ। कारागार स्रोतका भनाईमा, गोलघरको कोठामा एक्लाएक्लै राखिएका हुनाले कोठाबाट बाहिर निकालिएको समयबाहेक अरु बेला कुराकानी हुनसक्दैन। अधिकांस समय उनीहरु एक्लै गोलघरको कोठाभित्र मौन रुपमा रहन्छन्।

कारागार प्रशासनले दुबैको सुरक्षामा बिशेष ध्यान दिने गरेको छ। शौचालय जाँदा होस् वा बाहिर कतै लैजाँदा, दुबैका लागि बिशेष सुरक्षाको प्रबन्ध गरिएको छ। दुबैले कारागार प्रशासनले उपलब्ध गराउने सिदाबाट जीवनयापन गरिरहेका छन्।

कारागार प्रशासनका लागि दुबै खतरनाक कैदी-बन्दी हुन्। अपराध इतिहासमा पटक-पटक जेल ब्रेक गरेका भारतीय मूलका फ्रान्सेली नागरिक चार्ल्स शोभराज गोलघरका स्थायी कैदी भएकाले केन्द्रीय कारागारभित्रको पनि उनको विशेष चर्चा हुने गर्छ। गोरे र शोभराज बाहेक गोलघरभित्र एकजना तेस्रो लिङगी र बाँकी दुईजना पनि कैदीका रुपमा छन्।

केन्द्रीय कारागारमा ल्याइएदेखि नै गोरे केही आत्तिएका र चिन्तित जस्ता देखिएका छन्। मानव अधिकार आयोगका सदस्य सुदीप पाठक र महान्यायाधिवक्ता अग्नि खरेललगायतले ९ असारमा कारागार भ्रमणका बेला गोरेसँग भेट गरेका थिए।

त्यसक्रममा गोरेले सोधिएका प्रश्नकाे जवाफमा गाेरेका जवाफले उनी कतै मानसिक राेगकाे शिकार भएकाे त हाेइन भन्ने शंका जन्मिएकाे थियाे। नेपालखवरका अनुसार त्यो कुराकानीपछि आयोग र महान्यायाधिवक्ताको कार्यालयले गोरेलाई मानसिक रोग लागेको हो कि भन्ने आशंका गरेको थियो। त्यही आशंकाका आधारमा गोरेलाई अस्पतालपनि पठाएको कारागार स्रोतले बतायो।

कारागारका चिकित्सक डा. कृष्ण गौतमले गोरेको स्वास्थ्यमा कुनै समस्या नदेखिएको दावी गरे। ‘मैले गोरेको स्वास्थ्य जाँच गरेको थिएँ’ डा गौतमले भने, ‘त्यसक्रममा औषधीपनि दिन खोजेको थिएँ, तर उहाँ (गोरे) ले तनाव बढेकाले असहज भएको हो, आफै ठीक हुन्छ भनेपछि औषधि चलाइन।’

विदेशी नागरिक भएकाले चार्ल्स  शोभराजलाई भेट्न जानेहरु सीमित हुनु स्वभाविक हो। तर, ६ महिना अघिसम्म सुनतस्करीको राजाजस्तै बनेका गोरेलाई भेट्न जानेहरुको संख्यापनि सीमित नै छ।

शोभराजलाई एक विदेशी र अधिवक्ता सकुन्तला थापा चाहिँ भेट्न गइरहन्छन्। अधिबक्ता थापा शोभराजकी ‘पूर्व प्रेमिका’ निहिता विश्वासकी आमा हुन्। गोरेलाई उनका आमाबुवा भेट्न कारागार गईरहन्छन्। भेटघाटका लागि आउने आफन्तसँग दुबैले निकै कम समय बिताउने गरेका छन्।

३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई २८ जेठमा केन्द्रीय कारागार सुन्धारा लगिएपछि कारागारको भित्री भागमा रहेको गोलघरमा राख्न थालिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको माग अनुसार थप अनुसन्धानका लागि काठमाडौँ ल्याइएका गोरेको सुरक्षामा ध्यान दिँदै गोलघरमा राख्न थालिएको हो।

गोरेसँग विभागले पटक-पटक कारागार पुगेर र विभागमा समेत लगेर बयान लिइसकेको छ। सरकारी अनुसन्धान टोलीले समेत गोरेसँग विभागकै टोलीसँग मिलेर बयान लिएको थियो। जेल स्रोतका अनुसार पछिल्लो केहीदिनयता गोरेलाई जेलबाट अन्यत्र कतै लगिएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोनिजको नयाँ संरचना बन्ने
फोनिजको नयाँ संरचना बन्ने
मन्त्री यादवले ३ जना सचिवको नामै तोकेर कारवाहीको माग गरे
पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार
पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार
पूर्व सभामुख ढुंगानालाई हराउँदै महेश बस्नेत विजयी
पूर्व सभामुख ढुंगानालाई हराउँदै महेश बस्नेत विजयी
तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी बन्छ’,उपेन्द्र
तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी बन्छ’,उपेन्द्र
गीत लेखेर बाँच्न सकिन्छ तर साेंच व्यावसाहिक हुनुपर्छ ः गीतकार थापा मगर
गीत लेखेर बाँच्न सकिन्छ तर साेंच व्यावसाहिक हुनुपर्छ ः गीतकार थापा मगर
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
व्यवसायीहरुको सहयोगसँगै पर्यटन विकासको लागि नेपाल प्रहरी लागिपर्ने : सर्वेन्द्र खनाल
व्यवसायीहरुको सहयोगसँगै पर्यटन विकासको लागि नेपाल प्रहरी लागिपर्ने : सर्वेन्द्र खनाल
विश्वका यस्ता स्थान जहाँ त्यहाँ बसिरहेका बाहेक अरुलाई जान प्रतिबन्ध

तपाईंले छुटाउनुभयो कि?