सुन तस्करीका नाइके पौडेललाई माओवादीमा किन भित्र्याइयो ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सुन तस्करीका नाइके पौडेललाई माओवादीमा किन भित्र्याइयो ?

सारांश

  • काठमाडौँ ।
  • माओवादी केन्द्रबाट भोटेकोशी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजीमा परेपछि त्यसले राष्ट्रिय राजनीतिमा समेत तरंग पैदा गरको छ ।
  • माओवादी केन्द्रकै उच्च तहका केहि नेता समेत यो काण्डसँग जोडिएपछि घटनाले नयाँ मोड लिएको हो ।

काठमाडौँ । माओवादी केन्द्रबाट भोटेकोशी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजीमा परेपछि त्यसले राष्ट्रिय राजनीतिमा समेत तरंग पैदा गरको छ । माओवादी केन्द्रकै उच्च तहका केहि नेता समेत यो काण्डसँग जोडिएपछि घटनाले नयाँ मोड लिएको हो ।

प्रहरीको खोजी सूचीमा परेका पौडेल नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुँदै स्थानीय तह निर्वाचन मिति घोषणा भएपछि मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । दुई साताअघि राजधानीको टोखाबाट १४ किलो सुन बरामद हुने बित्तिकै फरार रहेका पौडेलको उठबस माओाादीका नेता अग्नि सापकोटासँग रहँदै आएको स्थानीय माओवादीका नेताले नाम नबताउने सर्तमा बताए । त्यसो त पौडेललाई माओवादी पार्टीमा भित्र्याउन सापकोटसँगै अर्का नेता वर्षमान पुन अनन्तले समेत पहल गरेको ती नेताले जानकारी दिए ।

सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेलको खोजी गर्दै आएको हो । स्थानीय नेता कार्यकर्तालाई टिकट नदिई सापकोटा र अनन्तकै ठाडो आदेश र योजनामा ४० वर्षीय पौडेललाई उम्मेदवारी मनोनयनको केही दिनअघि मात्र टिकट दिएको थियो ।

केही वर्षअघिसम्म तातोपानी नाका हुँदै तिब्बततर्फ रक्तचन्दनको व्यापक तस्करी चल्दा समेत पौडेल सक्रिय थिए । सापकोटा र अनन्तकै आशीर्वाद पाएका कारण पौडेल सुरक्षित रहँदै आएको स्रोतले जानकारी दिएको छ । यी दुई नेताकै आडमा पौडेलले रक्तचन्दनको कमाइलाई अबैध सुनको तस्करीमा लगानी गरेको समेत स्रोतको दाबी रहेको छ ।

पौडेलको पुरै परिवार अवैध धन्दामा संलग्न रहँदै आएका छन् । भारतमा लुकेर बसेका पौडेलको अहिले पनि माओवादीका यी नेतासँग नियमित सम्पर्क गर्ने गरको स्रोतले बताएको छ । सिन्धुपाल्चोक फुल्पिङकट्टीका पौडेल नेपाल ट्रक कन्टेनर व्यवसायी संघका पूर्वअध्यक्ष समेत हुन् । उनी तातोपानी नाकामा व्यवसायमा सक्रिय थिए । भूकम्पले तातोपानी नाका बन्द भएपछि उनी केरुङमा सक्रिय भए ।

पौडेल परिवारका चारै दाजुभाई तस्करीमा जोडिँदै आएका छन् । उनका दाजु बच्चु हुन्डी कारोबारमा जोडिने गरेका छन् । २०६९ भदौ ३० मा रक्त चन्दन तस्करीमा पक्राउ परेका ध्रुव पौडेल उनका दाजु हुन् । फुल्पिङकट्टीको स्यालाङकट्टी हुँदै ५० भन्दा बढी भरियालाई बोकाएर ६ टन रक्तचन्दन तातोपानी नाका पार गराउने क्रममा प्रहरी र तस्करबीच जम्काभेट हुँदा गोली चलेको थियो ।

पौडेलको अपराधिक गतिविधि थाहा हुदाँहुदै उनलाई अनन्त र सापकोटले किन पार्टीमा भित्र्याएर टिकट दिएको भन्दै कार्यकर्ताले व्यापक असन्तुष्टि पोख्दै आएका छन् । कार्यकर्ताका असन्तुष्टिबीच जबर्जस्ती टिकट दिएर पौडेलको आपराधिक चरित्रलाई छोप्न नेताहरु नै लागेपछि कार्यकर्ताले सापकोट र अनन्तमाथि नै शंका गर्न थालेका छन् । यी दुई नेताले पौडेलबाट अनुचित आर्थिक लाभ लिएको माओबादी निकट उच्च स्रोतको दाबी छ ।

(https://www.newslive.com)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    यो माऒबादी भन्ने पार्ती हत्या हिम्सा गरेर आएको पार्ती हो यस्तो पार्तीमा चोर डाका फताहा हत्याहारालाई नभित्र्याएर अरू कसलाई भित्र्याओस त नी

    Comment Author

    Jaya Timsina

    Aafna pani partner bhaekaleholaki

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह
नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह
परशुराम नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी
परशुराम नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी
इँटा मजदूरले एकै सिजनमा रु पाँच लाखसम्म कमाउँछन्
इँटा मजदूरले एकै सिजनमा रु पाँच लाखसम्म कमाउँछन्
जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा
जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा
सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार
सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार
रबिन्द्र मिश्रले आफु पराजित भएको केहि बेरमै निकाले बिज्ञप्ति !
रबिन्द्र मिश्रले आफु पराजित भएको केहि बेरमै निकाले बिज्ञप्ति !
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
ओलीको प्रश्नः को-को उम्मेदवार हुँदा हराउन नपाइने हो ?
ओलीको प्रश्नः को-को उम्मेदवार हुँदा हराउन नपाइने हो ?
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
देउवाको घटेको उचाइ-महेन्द्र पराजुली (सहिदपुत्र)
देउवाको घटेको उचाइ-महेन्द्र पराजुली (सहिदपुत्र)

तपाईंले छुटाउनुभयो कि?