मतदातासँग आज प्रचण्ड आफ्नै निर्वाचन क्षेत्रमा रहने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
मतदातासँग आज प्रचण्ड आफ्नै निर्वाचन क्षेत्रमा रहने

सारांश

  • काठमाडौं, पुस ९ ।
  • शनिबार मौसम खराबीका कारण काठमाडौं आउन नसकेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (आइतबार) मतदातालाई धन्यवाद दिन आफ्नै निर्वाचन क्षेत्रमा रहने भएका छन् ।
  • पूर्व कार्यतालिकाअनुसार शनिबार (हिजो) काठमाडौं फर्कने र आज आफ्नो निर्वाचन क्षेत्र पुग्ने तय भएको भएपनि मौसमको खराबीका कारण गौतमबुद्ध विमानस्थलमा जहाज अवतरण हुन नसकेपछि भैरहवा पुगेका प्रचण्ड आफ्नै निर्वाचन क्षेत्र चितवन लागेका हुन् ।

काठमाडौं, पुस ९ । शनिबार मौसम खराबीका कारण काठमाडौं आउन नसकेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (आइतबार) मतदातालाई धन्यवाद दिन आफ्नै निर्वाचन क्षेत्रमा रहने भएका छन् ।

पूर्व कार्यतालिकाअनुसार शनिबार (हिजो) काठमाडौं फर्कने र आज आफ्नो निर्वाचन क्षेत्र पुग्ने तय भएको भएपनि मौसमको खराबीका कारण गौतमबुद्ध विमानस्थलमा जहाज अवतरण हुन नसकेपछि भैरहवा पुगेका प्रचण्ड आफ्नै निर्वाचन क्षेत्र चितवन लागेका हुन् ।

प्रचण्ड काठमाडौं नहुँदा पार्टी एकता, राष्ट्रियसभाको सन्दर्भमा देखिएको विवाद र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका लागि शनिबार बस्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाकाअनुसार जहाज अवतरण हुन नसकेपछि काठमाडौं फर्कने कार्यक्रम स्थगित हुँदा हिजोलाई तय पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको हो ।

यद्यपि, दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेको दुवै पार्टीका नेताहरुले बताएका छन् ।

शनिबारै राजधानीमा आयोजित एक कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टी एकताको विषयमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए ।

दोस्रो तहका नेताहरुले अनौपचारिक छलफल गरिरहेको र त्यसलाई एउटा रुप दिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने निष्कर्षमा शीर्ष नेता पुगेको बताइएको छ ।

पार्टी एकताको सन्दर्भमा शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले पनि छलफललाई तीव्र पार्ने निर्णय गरेको थियो ।

उता, माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पनि सोही आसयको निर्णय गरेको थियो ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?