वडाअध्यक्षले शिक्षकलाइ कुर्सिले हानेपछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २१, २०७५
|
|
५५ पटक हेरिएको
Shares
वडाअध्यक्षले शिक्षकलाइ कुर्सिले हानेपछि…

सारांश

  • प्यूठान, २१ कात्तिक ।
  •   झिमरुक गाउँपालिका–८ का वडाअध्यक्ष तुलस बस्नेतले शिक्षकमाथि कुर्सी प्रहार गरेका छन्।
  • वडाअध्यक्ष बस्नेतले जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा कार्यरत शिक्षक सिद्धिमान एमसीलाई कुर्सीले हानी घाइते बनाएका हुन् ।

प्यूठान, २१ कात्तिक ।  झिमरुक गाउँपालिका–८ का वडाअध्यक्ष तुलस बस्नेतले शिक्षकमाथि कुर्सी प्रहार गरेका छन्। वडाअध्यक्ष बस्नेतले जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा कार्यरत शिक्षक सिद्धिमान एमसीलाई कुर्सीले हानी घाइते बनाएका हुन् । एमसीको टाउकोमा गम्भीर चाेट परेकाे छ । पाँचवटा टाका समेत लगाइएको छ ।

मंगलबार विद्यालयमा चलिरहेको व्यवस्थापन समितिको बैठकमा सामान्य भनाभन हुँदा अध्यक्ष बस्नेतले हातपात गरी कुर्सीले प्रहार गरेको एमसीले आरोप लगाएका छन्।  उनले जिल्ला अस्पताल विजुवारमा पुगी उपचार गराएका छन् ।  यसअघि पनि अध्यक्षले आफूलाई समय–समयमा गालीगलौज गर्ने गरेको शिक्षक एमसीले बताएका छन् । विगत चारवर्षदेखि प्रावि तहको दरबन्दीमा जनता माविमा पढाइरहेका एमसीले कक्षा ९ र १० मा पनि गणित विषय पढाउँदै आएका छन् ।

वडाअध्यक्ष बस्नेत यसअघि विद्यालय व्यवस्थापन समितिको समेत अध्यक्ष थिए । उनीसँग प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन् । गाउँपालिका अध्यक्ष तिलक जिसीले घटनाको विषयमा आफूलाई बुधवार बिहानमात्र जानकारी भएको प्रक्रिया दिए । उनले घटनाको विषयमा दुवै पक्षसँग छलफल गरेर समाधान खोजिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचथरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु
पाँचथरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार
महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार
भाग्य न्यौपाने परे मोटरसाइकल दुर्घटनामा
भाग्य न्यौपाने परे मोटरसाइकल दुर्घटनामा
प्रहरी महानिरीक्षक कार्की थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनबाट स्वदेश फर्किए
प्रहरी महानिरीक्षक कार्की थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनबाट स्वदेश फर्किए
ब्ल्याक वाटरले गर्यो सांसद श्रेष्ठ र शाक्यलाई सम्मान
ब्ल्याक वाटरले गर्यो सांसद श्रेष्ठ र शाक्यलाई सम्मान
प्रधानन्यायधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु
प्रधानन्यायधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु
एमाले पार्टी प्रवेश गर्ने क्रम  बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने  दाबी
एमाले पार्टी प्रवेश गर्ने क्रम बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने दाबी
आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै
आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै
रौतहट माओवादीका ७ जना कारबाहीमा, को– को ?
रौतहट माओवादीका ७ जना कारबाहीमा, को– को ?