चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
१९ पटक हेरिएको
Shares
चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान

सारांश

  • काठमाडौं ।
  • लघु चलचित्रमार्फत बागलुङका विभिन्न स्थानीय तहमा बालविवाह विरुद्धको सचेतना अभियान सुरु गरिएको छ ।
  •      ‘जुनतारा’ मिडिया प्राली बागलुङले बालविवाह र महिला हिंसाका विरुद्ध निर्माण भएको चलचित्र ‘जुना’ स्थानीय तहको समन्वयमा विद्यालयमा पुगेर प्रदर्शन गरी सचेतना फैलाउन थालेको हो ।

काठमाडौं । लघु चलचित्रमार्फत बागलुङका विभिन्न स्थानीय तहमा बालविवाह विरुद्धको सचेतना अभियान सुरु गरिएको छ । 
  
‘जुनतारा’ मिडिया प्राली बागलुङले बालविवाह र महिला हिंसाका विरुद्ध निर्माण भएको चलचित्र ‘जुना’ स्थानीय तहको समन्वयमा विद्यालयमा पुगेर प्रदर्शन गरी सचेतना फैलाउन थालेको हो । जिल्लाको बढी बालविवाह हुने क्षेत्रलाई लक्षित गरी समुदायका व्यक्ति तथा विद्यालयको माथिल्लो कक्षामा अध्ययतरत विद्यार्थी सहभागी बनाएर चलचित्र प्रदर्शन तथा सामुदायिक अन्तक्र्रिया गर्न थालेको प्रालीका सञ्चालक सज्जनकुमार सिंहले जानकारी दिए ।

जिल्लाको तमानखोला गाउँपालिका, बागलुङ नगरपालिका–९, ११, १३ र ३, पर्वतको सामाजिक विकास कार्यालय तथा त्यहाँका छ वटा निजी तथा सामुदायिक विद्यालय र बागलुङका १० सामुदायिक विद्यालयमा चलचित्र प्रदर्शन गरिएको छ ।

कुनै ठाउँमा स्थानीय तह तथा वडा कार्यालयले चलचित्र प्रदर्शनको खर्च व्यवस्थापन गरेका छन् । विद्यालय तहमा विद्यालय प्रशासनले न्यूनतम खर्च व्यवस्थापन गरेपश्चात् चलचित्र प्रदर्शन गर्दै आएको सञ्चालक सिंहको भनाइ छ ।

चलचित्रमा सानो उमेरमा विवाह गर्दा हुने पारिवारिक समस्या, घर सञ्चालन तथा पारिवारिक सम्बन्ध निर्माणका कठिनाइ, आफ्नो समस्या व्यक्त गर्न नसक्ने अवस्था तथा प्रजनन अवस्थामा हुने जटिलताको विषय समावेश गरिएको चलचित्रका निर्देशन जीवन सेन्चुरीले बताए ।

“चलचित्र अति नै सन्देशमूलक र सचेतनामूलक छ”, बागलुङ–३ का वडाध्यक्ष सनिकुमार केसीले भने, “हाम्रो समाजको यथार्थलाई पर्दामा उतारेको हुँदा बालविवाह नियन्त्रणका लागि पाठ्यक्रमसरह छ ।” बागलुङ नगरपालिकाले आगामी पाँच वर्षभित्र नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियान सञ्चालन गरेको छ । बालमैत्री नगर घोषणाका लागि बालविवाह मुक्त नगर हुनु अनिवार्य मापदण्ड हो । अझै पनि समाजका बालविवाह व्याप्त रहेको हुँदा विद्यालय तहबाटै सचेतना जगाउनु जरुरी रहेको वडाध्यक्ष केसीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग
गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
३३ केजी सुन प्रकरण: २६ अभियुक्तको मिसिल झिकाउन आदेश
ध्यानमा कुलमान घिसिङ :  प्राधिकरणका १५ पदाधिकारीसहित ओशो तपोवनमा
ध्यानमा कुलमान घिसिङ : प्राधिकरणका १५ पदाधिकारीसहित ओशो तपोवनमा
एक दर्जन सहकारीले पाए  अनुदान
एक दर्जन सहकारीले पाए अनुदान
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त
खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको  उद्धार;
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको उद्धार;
सरकारद्वारा आठ स्थानमा औद्योगिकग्राम निर्माण गर्ने घोषणा
सरकारद्वारा आठ स्थानमा औद्योगिकग्राम निर्माण गर्ने घोषणा

तपाईंले छुटाउनुभयो कि?