छोरीहरु ढुक्कसाथ हिड्न सकुन्, ‘निर्मलालाई न्याय देऊ’, ‘बलात्कार विरुद्धको रोष’ अभियान
सारांश
- शिखरन्युज, ८ साउन ।
- कन्चनपुरकी बालिका निर्मलालाई बेपत्ता बनाइ बलात्कारपछि हत्या भएको एक महिना बितिसक्दा पनि प्रहरीले दोषी पक्राउ गर्न सकेको छैन ।
- दोषीलाई पक्राउ गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा ‘निर्मलालाई न्याय देऊ’, ‘बलात्कार विरुद्धको रोष’ दबाबमूलक अभियान शुरु भएको छ ।
शिखरन्युज, ८ साउन । कन्चनपुरकी बालिका निर्मलालाई बेपत्ता बनाइ बलात्कारपछि हत्या भएको एक महिना बितिसक्दा पनि प्रहरीले दोषी पक्राउ गर्न सकेको छैन ।
दोषीलाई पक्राउ गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा ‘निर्मलालाई न्याय देऊ’, ‘बलात्कार विरुद्धको रोष’ दबाबमूलक अभियान शुरु भएको छ । ‘जस्टिस फर निर्मला’, ‘रेज अगेन्स्ट रेप’ ह्यासट्याग सबैको समर्थनमा अघि बढ्दैछ ।
सामाजिक सञ्जालमा निर्मलाहरुलाई न्याय देऊ, बलात्कार विरुद्धको रोष ह्यासट्याग बनाएर दबाबमूलक अभियान शुरु भएको हो ।
छोरीहरु ढुक्कसाथ हिड्न सकुन, बलात्कारीलाई कहिले कार्वाही हुने ? जस्ता प्रश्नसहित सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा ह्यासट्याग अभियान शुरु भएको थियो ।
ट्विटरमा निकै दु्रत गतिमा ह्यासट्याग अभियान चलेको छ । निर्मला जस्ता धेरै छोरीहरु बलात्कृत हुनुपरेको छ । बलात्कारीहरुलाई कार्वाही हुन नसक्दा सर्वसाधारणको आक्रोश बढेको छ ।
सरकारले कञ्चनपुरको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेत परिवर्तन गरिसकेको छ । सिडिओ परिवर्तन गर्नुको एउटा कारण दोषीलाई पक्राउ गर्न नसक्नु पनि रहेको छ । त्यहाँका सिडिओ कुमारबहादुर खड्कालाई हटाएर तारानाथ अधिकारीलाई हिजै पठाएको छ।
त्यसैगरी गृहमन्त्रालयले जिल्लाका एसपी डिल्लीराज विष्टलाई पनि हटाएर नयाँ प्रहरी प्रमुख कुवेर कठायतलाई नयाँ एसपीको रुपमा कञ्चनपुर पठाएको छ । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वास्तविक अपराधी पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा आन्दोलनले चर्किएको छ ।
बिहिबार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको थियो। भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त साउन १० गतेदेखि वेपत्ता थिईन्। साउन ११ गते उनको शव एक उखुबारीमा फेला परेको थियो।
उनलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । हिजो कफ्र्यू लगाइएको महेन्द्रनगरमा आज भने हटाइएको छ । वास्तविक अपराधीलाई पक्राउ गर्न सरकारलाई चारैतिरबाट दबाब बढेको छ ।
प्रतिक्रिया