राजधानी मात्रै होइन, प्रदेश र देश नै सम्वृद्ध बनाउने हो : पोख्रेल
सारांश
- बाँके, माघ २२ –नेकपा एमाले प्रदेश नम्बर ५ संसदीय दलका नेता शंकर पोख्रेलले जुन स्थानमा प्रदेशको राजधानी हुन्छ, त्यहीँ मात्रै आर्थिक समृद्ध हुन्छ भनेर सोच्न नहुने बताउनुभएको छ ।
- प्रदेशको राजधानी प्रशासनिक सुगमताका लागि हो , प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा सोमबार प्रेस चौतारी बाँकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर ५ का भावी मुख्यमन्त्रीका रुपमा हेरिएका नेता पोख्रेलले भन्नुभयो,– राजधानी मात्रै होइन, प्रदेश र देश नै समृद्ध बनाउने हो ।
- पोख्रेलले समृद्ध प्रदेशका लागि प्रदेश नम्बर ५ मा रुपन्देही, दाङ र बाँके गरी ३ शहरलाई महानगरको रुपमा विकास गरिने योजना सार्वजनिक गर्नुभयो ।
बाँके, माघ २२ –नेकपा एमाले प्रदेश नम्बर ५ संसदीय दलका नेता शंकर पोख्रेलले जुन स्थानमा प्रदेशको राजधानी हुन्छ, त्यहीँ मात्रै आर्थिक समृद्ध हुन्छ भनेर सोच्न नहुने बताउनुभएको छ ।
प्रदेशको राजधानी प्रशासनिक सुगमताका लागि हो , प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा सोमबार प्रेस चौतारी बाँकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर ५ का भावी मुख्यमन्त्रीका रुपमा हेरिएका नेता पोख्रेलले भन्नुभयो,– राजधानी मात्रै होइन, प्रदेश र देश नै समृद्ध बनाउने हो ।
पोख्रेलले समृद्ध प्रदेशका लागि प्रदेश नम्बर ५ मा रुपन्देही, दाङ र बाँके गरी ३ शहरलाई महानगरको रुपमा विकास गरिने योजना सार्वजनिक गर्नुभयो । महानगर बनाएपछि वस्तु तथा सेवाको उत्पादनसँग जोडिने उहाँको भनाई छ । पोख्रेलले नेपालगन्ज प्रदेश नम्बर ५,६ र ७ को केन्द्रको रुपमा रहेको बताउँदै ३ वटा प्रदेशलाई लक्षित गरी वस्तु तथा सेवाको उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । नेपालगन्ज भविष्यमा औद्योगिक महानगर बन्ने उहाँले बताउनुभयो ।
पोख्रेलले भारतको गुजरात मोडल जस्तो हार्दिक पटेल जस्ता विद्रोही जन्माउने नभई दीगो र सन्तुलित विकासमा जोड दिइने बताउनुभयो । आर्थिक समृद्धिमा जोड दिदै पोख्रेलले विकासलाई जनताको सुख र खुशीसँग जोड्नुपर्ने बताउनुभयो । समृद्ध प्रदेश र मुलुक एक व्यक्तिको परिकल्पना भन्दा पनि सामुहिकरुपमा हुने उहाँको भनाई छ ।
पोख्रेलले नेपालगन्जले पर्यटन विकासबाट लाभ लिने बताउँदै आगामी दिनमा मानसरोवर यात्राको रुट परिवर्तन भए पनि नेपालगन्जले लाभ लिन सक्ने गरी जानुपर्ने बताउनुभयो । पोख्रेलले नेपालका सञ्चार माध्यमलाई आर्थिक सम्वृद्धिको क्षेत्रलाई प्राथमिकता दिन जोड दिनुभयो । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि राज्यलाई बलियो बनाउनेतर्फ नेपाली सञ्चार माध्यमको ध्यान पुग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
प्रतिक्रिया