सरकारले देशभर व्यक्तिले हडपेका जग्गा फिर्ता गर्ने
सारांश
- काठमाडौं ।
- सरकारले देशभर व्यक्तिले हडपेका सार्वजनिक जग्गा सरकारको नाममा बनाउने भएको छ ।
- ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको छ।
काठमाडौं । सरकारले देशभर व्यक्तिले हडपेका सार्वजनिक जग्गा सरकारको नाममा बनाउने भएको छ । ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको छ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानुनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान लागेको छ ।
अब बस्ने मन्त्रिपरिषद् बैठकमा अतिक्रमित सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउनेगरी प्रस्ताव तयार गरिएको हो ।
मन्त्रालयका अनुसार व्यक्तिले हडपेका अतिक्रमित जग्गालाई सरकारी स्वामित्वमा ल्याउने प्रस्ताव हाल भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको टेबुलमा छ।
मन्त्री अर्यालले ललितानिवासलगायत देशभर व्यक्तिका नाममा गैरकानुनी ढंगबाट हडपिएका जग्गा सरकारको नाममा फर्काउन प्रक्रिया थालिएको मन्त्री अर्यालले बताएकी छिन्।
प्रतिक्रिया