विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
४४ पटक हेरिएको
Shares
विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै

सारांश

  • काठमाडौँ, ८ कात्तिक, इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ ।
  • आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ ।
  • ट्रफी नेपालमा चार दिन राखिनेछ ।

काठमाडौँ, ८ कात्तिक, इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ ।

आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पु¥याइनेछ ।

पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो ।

त्यस्तै २८ गते आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको घिमिरेले जानकारी दिनुभयो ।

आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो ।

विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक आउने लागेको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ ।

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ ।

ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री
प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री
ओली सरकार ढाल्ने देउवाको चेतावनी
ओली सरकार ढाल्ने देउवाको चेतावनी
ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अमेरिकाको डेनभरमा हुँदै
ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अमेरिकाको डेनभरमा हुँदै
मोदी नेपाल नआउँदै नाकामा थुनियो एघार ट्रक चिया !
मोदी नेपाल नआउँदै नाकामा थुनियो एघार ट्रक चिया !
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
पेट्रोलियम पद्धार्थको मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा
भानुभक्तका पनाति भन्छन्, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
भानुभक्तका पनाति भन्छन्, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
विश्व मुटु दिवसमा नर्भिकमा अत्याधुनिक क्याथल्याब उद्घाटन
विश्व मुटु दिवसमा नर्भिकमा अत्याधुनिक क्याथल्याब उद्घाटन
राणा समुहले बनायो नयाँ रणनिति आज राप्रपाको बैठक बस्दै,,
राणा समुहले बनायो नयाँ रणनिति आज राप्रपाको बैठक बस्दै,,
अख्तियारले घुस खाने पाठकविरुद्ध मुद्दा चलाउने तयारी