प्रधानमन्त्री ओलीको सूचना तथा प्रविधिविज्ञमा असगर अली

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको सूचना तथा प्रविधिविज्ञमा असगर अली

सारांश

  • काठमाडौं, २१ चैत ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सूचना तथा प्रविधिविज्ञमा बुधवार असगर अलीलाई नियुक्त गरेका छन् ।
  • सफल युवा आइटी उद्यमी अलीलाई प्रधानमन्त्री ओलीले सूचना तथा प्रविधिविज्ञमा नियुक्त गरेका हुन् ।

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सूचना तथा प्रविधिविज्ञमा बुधवार असगर अलीलाई नियुक्त गरेका छन् । सफल युवा आइटी उद्यमी अलीलाई प्रधानमन्त्री ओलीले सूचना तथा प्रविधिविज्ञमा नियुक्त गरेका हुन् ।

अलीले इसेवा सञ्चालन गरी प्रविधिको प्रयोगबाट देशभरि सहजढङ्गले जनतालाई सेवा दिँदै आएका छन् । अली नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी “इसेवा फोन पे प्रा.लि.”का कार्यकारी निर्देशक हुन् । नेपालमा डिजिटल भुक्तानीको विकास, विस्तार र जनतामा विश्वास जगाउने काममा उनले उल्लेखनीय योगदान दिएका छन् । नेपालमै पहिलोपटक आयोजना भएकोे सिइओ समिट तथा अवार्ड कार्यक्रममा अलीले “योङ सिईओ अफ दि इयर”को उपाधि समेत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shekhar Nepal

    बधाई छ अगसर दाई

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?