काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
सारांश
- काठमाडौं उपत्यकाका विभिन्न चार नगरपालिकाका मेयरमा नेपाली कांग्रेसले अग्रता लिँदा एमालेले पनि चारै नगरपालिकामा अग्रता लिएको छ।
- कागेश्वरी, चन्द्रागिरि, गोकर्णेश्वर र टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
- कीर्तिपुर, दक्षिणकाली, बुढानीलकण्ठ र शंखरापुरमा एमालेले अग्रता लिएको छ।
काठमाडौं उपत्यकाका विभिन्न चार नगरपालिकाका मेयरमा नेपाली कांग्रेसले अग्रता लिँदा एमालेले पनि चारै नगरपालिकामा अग्रता लिएको छ।
कागेश्वरी, चन्द्रागिरि, गोकर्णेश्वर र टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। कीर्तिपुर, दक्षिणकाली, बुढानीलकण्ठ र शंखरापुरमा एमालेले अग्रता लिएको छ।
कागेश्वरीमा कांग्रेस उम्मेदवारले ३७२ र एमाले उम्मेदवारले २१५ मत ल्याएका छन्। चन्द्रागीरीमा कांग्रेसले ४६६ र एमालेले २८१ मत ल्याएका छन्। गोकर्णेश्वर नगरपालिकामा कांग्रेस १२१ र एमाले १०९ मत छ। टोखामा कांग्रेसको ४५९ र एमालेको ४२६ मत छ।
शंखरापुर नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ। नेकपा एमालेले ७४८, माओवादीले ५१६ र कांग्रेसले ३४८ मत ल्याएका छन्।
बुढानीलकण्ठ नगरपालिका एमाले उम्मेदवारले ८७९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसले ५५५ र माओवादी केन्द्रले २४८ मत ल्याएको छ।
दक्षिणकालीमा एमाले ३९२ र कांग्रेसको १७२ मत छ भने शंखरापुरमा एमालेको ७४८ र माओवादीको ५१६ मत छ। कांग्रेसको ३४८ मत छ।
प्रतिक्रिया