बलात्कारीलाई कारवाही गर्न थप कडा कानुनकाे अावश्यकता !
सारांश
- काठमाडौँ, २९ साउन ।
- राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिएका छन् ।
- पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारवाही नभएकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले विद्यमान कानूनले मात्रै बलात्कारीलाई कारवाही हुन नसकेकाले थप कडा कानून ल्याउन आग्रह गरेका हुन् ।
काठमाडौँ, २९ साउन । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारवाही नभएकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले विद्यमान कानूनले मात्रै बलात्कारीलाई कारवाही हुन नसकेकाले थप कडा कानून ल्याउन आग्रह गरेका हुन् । सांसद अनिता देवकोटाले देशको शान्ति सुरक्षामा व्यवधान खडा भएको, बलात्कारजन्य घटना बढ्दो क्रममा रहेको भन्दै महिलाको बाँच्न पाउने अधिकारको हक सुरक्षित गरी त्यस्ता मुद्दाको छिटो निरोपण हुनेगरी टुङ्ग्याउ सरकारको ध्यानाकर्षण गराए।
सांसद बलरामप्रसाद बाँस्कोटाले कञ्चनपुरलगायत स्थानमा भएका बलात्कारका घटनामा दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरे । सांसद सिंहबहादुर विश्वकर्माले पछिल्लो समयमा प्रदर्शन भएको एक चलचित्रमा वादी समुदायको इज्जत र प्रतिष्ठामा आँच आउने विषयवस्तु उठान गरिएकाले त्यस्ता चलचित्र प्रदर्शनीमा रोक लगाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद राजकुमार कुँवरले विभिन्न परिवर्तनकामी आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग भई उपचारविहीनलाई औषधोपचार तथा आर्थिक सहायताका लागि राज्यले विषेश ध्यान दिनुपर्नेमा जोड दिए। सांसद विन्दादेवी आलेले विभिन्न क्षेत्रमा लगाइएको करले जनतालाई थप पीडाबोध गराएको भन्दै सङ्घीय संरचनमा स्थानीय सरकारले कर उठाउन पाउने व्यवस्था भए पनि मनलाग्दो कर जथाभावी उठाउन पाइँदैन भने ।
Ganesh Shakya
सिधै उहि तुर्तुरे काती दिने नि
Deoraj Limbu
Ani ghus Khori ra desh drohi lai chahi fulko mala