अर्जेन्टिनाद्वारा मेक्सिको पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
अर्जेन्टिनाद्वारा मेक्सिको पराजित

सारांश

  • एजेन्सी ।
  • अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई २–० ले पराजित गरेको छ ।
  • बुधबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जिताउन मौरा इकार्डी र पाउलो डिब्यालाले गोल गरे ।

एजेन्सी । अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई २–० ले पराजित गरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जिताउन मौरा इकार्डी र पाउलो डिब्यालाले गोल गरे ।

घरेलु मैदानमा अर्जेन्टिनाले खेलको दोस्रो मिनेटमै इकार्डीको गोलबाट अग्रता बनाएको थियो । गोलरक्षक जि रुल्लीले फालेको लामो पासलाई इकार्डीले आफ्नो नियन्त्रणमा लिदै लमेलालाई पास दिएको थियो ।

लामेलाको चलाखीपूर्ण पासलाई इकार्डीले गोलमा परिणत गर्दा विपक्षी गोलरक्षकले रोक्ने कुनै मौका पाए । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोलमा परिणत गर्न नसक्दा अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा पनि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल गर्न चुकिरहेको थियो । तर, खेल सकिन ३ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी पाउलो डिब्यालाले जियोभानी सिमोनको पासलाई गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए ।

मेक्सिको विरुद्धको मैत्रीपूर्ण खेलमा नियमित कप्तान लियोनेल मेस्सी अनुपस्थित रहेका थिए । मेस्सी रसिया विश्वकपपछि टिम बाहिर नै रहँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?