पचासी करोडको लागतमा खानेपानी आयोजना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२० पटक हेरिएको
Shares
पचासी करोडको लागतमा खानेपानी आयोजना

सारांश

  • मंगलबारे, इलाम, ११ फागुन, इलाम नगरपालिकामा ‘इलामबजार साना शहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ ।
  • एशियाली विकास बैंक (एडिबी)को रु ८५ करोडको सहयोगमा उक्त आयोजना सञ्चालन हुने भएको हो ।
  • शहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल निकास विभागमार्फत तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुन लागेको साना सिँचाइ खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिनुभयो ।

मंगलबारे, इलाम, ११ फागुन, इलाम नगरपालिकामा ‘इलामबजार साना शहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ ।

एशियाली विकास बैंक (एडिबी)को रु ८५ करोडको सहयोगमा उक्त आयोजना सञ्चालन हुने भएको हो ।

शहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल निकास विभागमार्फत तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुन लागेको साना सिँचाइ खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिनुभयो ।

आयोजना सञ्चालन गर्न उपभोक्ताले पाँच प्रतिशत व्यहोर्नुपर्ने छ । आयोजना सम्पन्न भएपश्चात् सिँचाइसमेत गर्न सकिनेछ । उक्त आयोजना सञ्चालन गर्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकारवाला निकाय र बासिन्दासँग छलफल भइरहेको छ ।

आयोजना सञ्चालन गर्दा उपभोक्ताबाट लागतको पाँच प्रतिशत सहभागिता हुनुपर्ने छ । त्यसका लागि स्थानीय उपभोक्ताले रु १५ हजार रकम व्यहोर्नु पर्ने समितिले निर्णय गरेको छ । करिब तीन हजार उपभोक्ताबाट रु साढे चार करोड रकम उठाउने समितिको लक्ष्य छ । त्यस्तै नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसिदिनुपर्ने आयोजनाको नीति छ ।

आयोजनाको सम्भाव्यता अध्ययनका लागि विभागले प्राविधिक टोली खटाइसकेपछि विभिन्न बहानामा पानी आउन सकेको थिएन । बढ्दो शहरीकरण, जनघनत्वका कारण इलाम बजारमा पानीको हाहाकार छ । इलाम नगरवासी तथा मुहान क्षेत्र माइमझुवाका स्थानीयवासी आयोजनाप्रति सकारात्मक भएकाले अब पानी आउने निश्चित भएको छ । आयोजना दुई वर्षभित्रमा सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?