पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २४, २०८१
|
|
२५ पटक हेरिएको
Shares
पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ

सारांश

  • काठमाडौं।
  • अभियन्ता पुण्य गौतम माथी रड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • गत २१ गते राती जोरपाटीस्थित निवास गइरहेको बेला गौतम माथी रड प्रहार भएको थियो।

काठमाडौं। अभियन्ता पुण्य गौतम माथी रड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत २१ गते राती जोरपाटीस्थित निवास गइरहेको बेला गौतम माथी रड प्रहार भएको थियो। जसका कारण उनी गम्भिर घाइते भइ नेपाल मेडिकल कलेजको आइसीयुमा भर्ना भएका छन्।

प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल व्यवसायी दुर्गा प्रसाईका कार्यकर्ताहरू काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर च्यामासिहं बस्ने ३० वर्षीय टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड गाउपालिका –०५ घर भई गोकर्णेश्‍वर नपा– ४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिल बहादुर गङदानले सो रड प्रहार गरेको खुल्न आएको छ।

प्रहरीका अनुसार सो घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदान रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?