‘बस स्टप’ नाटक प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
‘बस स्टप’ नाटक प्रदर्शन

सारांश

  • भद्रपुर, २५ भदौ ।
  • परिवर्तन नाचघर झापाले ‘बस स्टप’ नाटक प्रदर्शन गरेको छ ।
  • काँकडभिट्टास्थित नाचघरको आफ्नै हलमा गत सोमबारदेखि शुरु भएको उक्त नाटक प्रदर्शनीको हालसम्म आठ सयभन्दा बढीले अवलोकन गरिसकेका छन् ।

भद्रपुर, २५ भदौ । परिवर्तन नाचघर झापाले ‘बस स्टप’ नाटक प्रदर्शन गरेको छ ।काँकडभिट्टास्थित नाचघरको आफ्नै हलमा गत सोमबारदेखि शुरु भएको उक्त नाटक प्रदर्शनीको हालसम्म आठ सयभन्दा बढीले अवलोकन गरिसकेका छन् । नाटक अवलोकन गर्नेमा विद्यार्थी, शिक्षकदेखि सहायक प्रमुख जिल्ला अधिकारीसम्म रहेका छन् । सो नाटक अमेरिकी लेखक विलियम इंगद्वारा लिखित ‘बस स्टप’ को नेपाली रुपान्तरण हो । नाटकलाई रङ्गकर्मी सागर खातीले परिकल्पनासँगै निर्देशन गर्नुभएको हो ।

मूलतः सन् १९५० को दशकको अमेरिकी समाज र व्यक्तिको चरित्र चित्रण नाटकमा गरिएकामा त्यसलाई नेपाली समाजसँग जोड्ने काम निर्देशक खातीले गर्नुभएको छ । उहाँलाई निर्देशनमा मण्डला थिएटरका रङ्गकर्मी इंगी होपो कोइच सुनुवारले सघाउनुभएको छ । नाटकमा काठमाडौँदेखि पूर्वतर्फ हुइकिएको बसलाई कृष्णभिरको पहिरोले रोक्छ । पहिरो हटाउन लामै समय लाग्ने देखिन्छ । रातको समय छ । त्यही भएर यात्रु थकाइ मार्न नजिकैको होटलमा पस्छन् । कृष्णभिरको पहिरोले अलपत्र सात यात्रु र होटल साहुनीका भिन्नाभिन्नै कथा छन् । तिनै कथा नाटक ‘बस स्टप’ मार्फत रोचक ढङ्गले प्रस्तुत गरिएको छ । नाचघरले यसअघि जिल्लाका विभिन्न स्थानमा कचहरी नाटक, सुकुम्बासी राजालगायतका नाटक प्रदर्शन गरिसकेको अध्यक्ष कविता शर्माले बताउनुभयो । नाटक आजसम्म प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सापकोटामाथि कुनै मुद्दा छैन : दाहाल
सापकोटामाथि कुनै मुद्दा छैन : दाहाल
मेरो बाबालाई किन जलाउने ?
मेरो बाबालाई किन जलाउने ?
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
लोक सेवा आयोगले गर्याे शाखा अधिकृतको नतिजा प्रकाशन, कुन जिल्लाबाट कतिजना ?
लोक सेवा आयोगले गर्याे शाखा अधिकृतको नतिजा प्रकाशन, कुन जिल्लाबाट कतिजना ?
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
थाइल्याण्डले समेत कडाई गर्यो नेपालीलाई भिषा दिन
थाइल्याण्डले समेत कडाई गर्यो नेपालीलाई भिषा दिन
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
उपचारका लागि आपूर्तिमन्त्री थाइल्याण्ड जाँदै !
उपचारका लागि आपूर्तिमन्त्री थाइल्याण्ड जाँदै !
लुकुम खोला साना जलविद्युत् आयोजना सञ्चालनमा
लुकुम खोला साना जलविद्युत् आयोजना सञ्चालनमा
निकुञ्ज ऐन परिमार्जन हुँदै छ: अध्यक्ष दाहाल
निकुञ्ज ऐन परिमार्जन हुँदै छ: अध्यक्ष दाहाल

तपाईंले छुटाउनुभयो कि?