महानगरले मजदूरमैत्री नीति ल्याउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
महानगरले मजदूरमैत्री नीति ल्याउने

सारांश

  • विराटनगर, १८ वैशाख , एक सय २९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ पदयात्रा निकालिएको छ ।
  • ट्रेड युनियन काँग्रेस मोरङ जिल्ला कार्यसमितिको आयोजनामा हाटखोला चोकबाट निस्केको पदयात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै बुुधहाट चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
  • विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुुलीले महानगरपालिकाले श्रमिक वर्गको हकहितका लागि मजदुुरमैत्री नीति तथा कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

विराटनगर, १८ वैशाख , एक सय २९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ पदयात्रा निकालिएको छ ।

ट्रेड युनियन काँग्रेस मोरङ जिल्ला कार्यसमितिको आयोजनामा हाटखोला चोकबाट निस्केको पदयात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै बुुधहाट चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुुलीले महानगरपालिकाले श्रमिक वर्गको हकहितका लागि मजदुुरमैत्री नीति तथा कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

सभामा नेपाल ट्रेड युनियन काँग्रेस १ नं प्रदेशका सचिव सुुनिता घिमिरे, मोरङ व्यापार संघका उपाध्यक्ष प्रकाश मुुन्दडा, कारखाना श्रमिक संघका अध्यक्ष श्रीप्रसाद साह तथा नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइरालाले श्रमिकको हकहितका विषयमा बोल्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?