भूकम्प प्रभावितको घर बनाइदिन्छौं : प्रधानमन्त्री प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०८०
|
|
४० पटक हेरिएको
Shares
भूकम्प प्रभावितको घर बनाइदिन्छौं : प्रधानमन्त्री प्रचण्ड

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङमा भूकम्पले पुर्‍याएको क्षति अवलोकन गरेका छन् ।
  • आज बिहान सेनाको हेलिकप्टरबाट बझाङ गएका प्रधानमन्त्री प्रचण्डले सदरमुकाम चैनपुरमा भूकम्पले पुर्‍याएको क्षति अवलोकन गरेका हुन् ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङमा भूकम्पले पुर्‍याएको क्षति अवलोकन गरेका छन् । आज बिहान सेनाको हेलिकप्टरबाट बझाङ गएका प्रधानमन्त्री प्रचण्डले सदरमुकाम चैनपुरमा भूकम्पले पुर्‍याएको क्षति अवलोकन गरेका हुन् ।

उनले त्यहाँका स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग भूकम्पबाट भएको क्षति र तत्काल राहतका लागि भएका कामहरूको जानकारी लिएका छन् ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद, विपद् व्यवस्थापन प्राधिकरका प्रमुख अनिल पोखरेल पनि बझाङ गएका छन् ।

भूकम्पपीडितको अवस्था र तत्काल आवश्यक राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिई प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कनेछन् ।

बझाङमा मङ्गलबार अपराह्न २:४० बजे तालकोट केन्द्रविन्दू भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता चैनपुर र तालकोट केन्द्रबिन्दु भई दर्जनौं पराकम्प गएको छ ।

भूकम्पबाट बझाङमा ६० घरसहित एक सय ३५ संरचनामा क्षति पुगेको छ ।

केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको छ । भूकम्पमा परी जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्वाइफ्रेण्डसँग सहवास गर्दागर्दै युवतीलाई अस्पताल दौडाइयो
ब्वाइफ्रेण्डसँग सहवास गर्दागर्दै युवतीलाई अस्पताल दौडाइयो
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल !
वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल !
भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही
भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
नारायणगढ मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन नपाइने
नारायणगढ मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन नपाइने
शुक्रबार १ सय २५ संक्रमित थप, १ को मृत्यु
शुक्रबार १ सय २५ संक्रमित थप, १ को मृत्यु
विश्वका ६ देशले महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिन्छन्
विश्वका ६ देशले महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिन्छन्
उखु किसानलाई चिनी मिल र सरकारले सवा तीन अर्ब तिर्न बाँकी
उखु किसानलाई चिनी मिल र सरकारले सवा तीन अर्ब तिर्न बाँकी
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने