बाँके पुगेका पूर्वराजा शुक्रबार दाङ आउँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बाँके पुगेका पूर्वराजा शुक्रबार दाङ आउँदै

सारांश

  • दाङ, पुस २० ।
  •  पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार दाङ आउने भएका छन् ।
  • केही दिन पहिले आफ्नो लगानीको एक होटल उद्घाटन गर्न बाँके पुगेका पूर्वराजा शुक्रबार बिहान दाङ आउन लागेका हुन् ।

दाङ, पुस २० । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार दाङ आउने भएका छन् । केही दिन पहिले आफ्नो लगानीको एक होटल उद्घाटन गर्न बाँके पुगेका पूर्वराजा शुक्रबार बिहान दाङ आउन लागेका हुन् ।

पूर्वराजा पूर्वपश्चिम राजमार्ग हुँदै बाँकेदेखि दाङ तुलसीपुरसम्मको १ सय १७ किलोमिटरको बाटो गाडी मै यात्रा गर्दै दाङ आउने भएका हुन् । तराईमा बाक्लो हुस्सु र शितलहर चल्ने भएको हुँदा स्कटिङ र सुरक्षाको लागि बाक्लो सुरक्षाकर्मी खटाउने तयारी स्थानीय प्रहरी प्रशासनले गरेको छ ।

दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी दुर्गा सिंहले दाङको सीमासम्म जिल्लाबाट प्रहरी स्कटिङका लागि जाने जानकारी दिइन् । घोराहीमा अम्वेकेश्वरी, रत्ननाथ मन्दिर र साईवाबाको मन्दिर दर्शनमा जाने भन्ने सूचना आएको एसपी सिंहले बताइन् ।

शाहका निजी सचिव सागर तिमिल्सेना बिहिबार दाङ आएर यहाँको तयारी तथा सम्वन्धित मन्दिर र होटलहरूको अवस्था अवलोकन गरि फर्किएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    JN Marasini

    जाउ जाउ अधिराज भर घुम ? तिमी पनि नेपाली नागरिक हौ ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?