प्रधानमन्त्री भेट्न ग्राण्डी पुगे प्रचण्ड
सारांश
- ग्राण्डी ईन्टरनेश्नल अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेका छन् ।
- आज पनि ओलीको डायलाईसिस गरिएको हो ।
- उनको दोस्रो डायलाइसिस सकिनै लाग्दा प्रचण्ड अस्पताल पुगेका हुन्।
ग्राण्डी ईन्टरनेश्नल अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेका छन् । आज पनि ओलीको डायलाईसिस गरिएको हो । उनको दोस्रो डायलाइसिस सकिनै लाग्दा प्रचण्ड अस्पताल पुगेका हुन्। प्रधानमन्त्री ओलीलाई भेट्न यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेताहरु नारायणकाजी श्रेष्ठ र भीम रावल पनि अस्पताल पुगेका थिए । तीन मध्ये नेता पोखरेलले मात्रै ओलीलाई भेट्न पाएका थिए । तर, नेताद्धय श्रेष्ठ र रावलले भने ओलीको डायलाइसिस प्रकृया जारी रहेकाले नभेटी फर्किएका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया