अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै ! कर्यक्रम संचालक बने यि कलाकार
सारांश
- काठमाडौ, १८ असोज ।
- अन्तर्राष्ट्रिय फ्रेन्चाइज कर्यक्रम ‘ हु विल बि द मिलिनियर ‘को नेपाली संस्करण ‘को बन्छ करोडपती ‘ को शिर्षक प्रायोजन अन्तर्राष्ट्रिय कम्पनी कोका कोलाले गर्ने भएको छ।
- बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शिर्षक प्रायोजकको नाम सार्वजनिक गरिएको हो ।
काठमाडौ, १८ असोज । अन्तर्राष्ट्रिय फ्रेन्चाइज कर्यक्रम ‘ हु विल बि द मिलिनियर ‘को नेपाली संस्करण ‘को बन्छ करोडपती ‘ को शिर्षक प्रायोजन अन्तर्राष्ट्रिय कम्पनी कोका कोलाले गर्ने भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शिर्षक प्रायोजकको नाम सार्वजनिक गरिएको हो । उक्त कार्यक्रमलाई कोका- कोला सहित सिभिल बैंक , इन्चान्टर, बाल्ट्रा होम एप्लियन्स, हिरोको सह प्रायोजन रहनेछ । भने एजुकेसन पार्क इन्डिका हेयर कलर र सुट द्याट फिटको पनि साथ रहनेछ ।
सन १९९८ मा बेलायतबाट सुरु भएको ‘हु विल बि द मिलिनियर’ कार्यक्रम भित्र्याउने नेपाल १ सय ६१ औँ देश हो । नेपाली संस्करण को बन्छ करोड्पती को होस्ट महानयक राजेश हमालले गर्नेछन् । यो ऐतिहासिक कार्यक्रमसँग जोडिन पाएकोमा आफु भाग्यमानी रहेको राजेश हमालले बताए ।
यसरी अन्तर्राष्ट्रिय फ्रेन्चाइज कार्यक्रम भित्र्याउनु एउटा खुशीको कुरा रहेको र साथै यसलाई नेपाली पन दिने चुनौती पनि उतिकै रहेको उनको भनाई छ।
कार्यक्रम यसै वर्षको नोवेम्बर महिनादेखी प्रशारणको तयारी रहेको छ । कार्यक्रम एपि वान एच डि टेलिभिजनबाट प्रसारण हुनेछ । यो एपिवानको तेस्रो फ्रेन्चाइज कार्यक्रम हुनेछ । यसअघि एपिवान बाट दुई अन्तर्राष्ट्रिय फ्रेन्चाइज आइड्ल र बुगिवुगी प्रशारण भैसकेका छन् । जुन निकै मन पराइएको थियो ।
प्रतिक्रिया