बागलुङमै ‘डायलासिस’ सेवा शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
बागलुङमै ‘डायलासिस’ सेवा शुरु

सारांश

  • बागलुङ, १० वैशाख, धवलागिरि अञ्चल अस्पताल बागलुङमा आजबाट निःशुल्क डायलासिस सेवा शुरु भएको छ ।
  • यस क्षेत्रमा पहिलोपटक शुरु भएको सो सेवाबाट मृगौलाका बिरामीले प्रत्यक्ष लाभ लिनेछन् ।
  • बागलुङ नगरपालिका–४ का ठोकप्रसाद सापकोटाकोे डायलासिस गरी सो सेवा शुरु गरिएको अस्पतालका प्रमुख डा सागर राजभण्डारीले बताउनुभयो ।

बागलुङ, १० वैशाख, धवलागिरि अञ्चल अस्पताल बागलुङमा आजबाट निःशुल्क डायलासिस सेवा शुरु भएको छ ।

यस क्षेत्रमा पहिलोपटक शुरु भएको सो सेवाबाट मृगौलाका बिरामीले प्रत्यक्ष लाभ लिनेछन् ।

बागलुङ नगरपालिका–४ का ठोकप्रसाद सापकोटाकोे डायलासिस गरी सो सेवा शुरु गरिएको अस्पतालका प्रमुख डा सागर राजभण्डारीले बताउनुभयो ।

दैनिक दुई चरणमा गरी चारजना बिरामीको डायलासिस गर्न सकिने उहाँको भनाइ छ । उपकरण र जनशक्ति व्यवस्थापन भए सेवा बढाउन सकिने अस्पतालले जनाएको छ ।

यो सेवा शुरु संगै महँगो खर्चमा डायलासिस गर्न ठूला अस्पतालमा जानुपर्ने धवलागिरिवासीको बाध्यता हटेको अस्पताल विकास समितिका अध्यक्ष रामजी सुवेदीले बताउनुभयो ।

‘‘लामो प्रयासपछि डायलासिस सेवा शुरु भएको छ,” उहाँले भन्नुभयो, “यसको निरन्तरताका लागि सबै क्षेत्रको सहयोग चाहिन्छ ।”

सरकारले अघिल्लो वर्षदेखि डायलसिस सेवा पूर्णरुपमा निःशुल्क गरेको हो ।

देशभरका ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ । डायलासिस सेवाबाट बागलुङसँगै छिमेकी पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मीलगायत जिल्लाका बिरामीले सुविधा पाउने छन् ।

(https://www.stocktargetadvisor.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?