आजको राशिफल

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १९, २०७९
|
|
२२ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

नयाँ रोजगारीको क्षेत्रमा सफलता मिल्न सक्नेछ । व्यापार ब्यवसायबाट लाभ प्राप्त हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । स्त्री जातिबाट प्राप्त हुने सहयोगले तपाईको योजना सफल हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश हुनु पर्नेछ । तपाईको सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईले आजको दैनिक कार्यमा सफलता मिल्नेछ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । मनमा खुसियाली छाउनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजदेखि हप्ताभित्र मनमा चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । घरका महिला सदस्यलाई उपहार दिनु राम्रो हुनेछ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता थपिन सक्छ । यात्राको अवसर र संभावना पनि छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । अनावश्यक खर्च हुने संभावना बढी छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आजको दिन आकस्मिक धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । अनावश्यक यात्राले समय, धन खर्च र मनमा चिन्ता मात्र बढ्ने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईले गरेको कामबाट सम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन सरस्वतीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ग्रहहरु बलवान भएका छन् । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। चन्द्रमा बलबान भएका बेला तपाईले सोचअनुसारको काम गर्दा सफलता प्राप्त हुन्छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

अध्यात्मिक कार्यमा लाग्नु होला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि भलो हुनेछ । साँझको समयमा देवालयमा पुगेर आरती सन्ध्यामा सहभागी हुँदा मनमा उमंग प्राप्त हुनेछ । देवालयको दर्शन नैंं तपाईको उर्जाको स्रोत हुनसक्छ । यात्राको अवसरमा भरपुर सदुपयोग गदै सूर्योदयपछि यात्रा गर्दा शुभ हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
जापानी राजाद्वारा गद्दीत्याग : मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात
जापानी राजाद्वारा गद्दीत्याग : मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात
सरकारले गाउँपालिका, नगरपालिकामा सिधै पैसा पठाउने व्यवस्था खारेज गर्दै
सरकारले गाउँपालिका, नगरपालिकामा सिधै पैसा पठाउने व्यवस्था खारेज गर्दै
छात्राबासमा ढोका थुनेर आगो लगाउँदा ११ को मृत्यु, २० घाइते
छात्राबासमा ढोका थुनेर आगो लगाउँदा ११ को मृत्यु, २० घाइते
अायल निगमका खड्का ,किन निलम्बित भएनन्  ?
अायल निगमका खड्का ,किन निलम्बित भएनन् ?
अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री
अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री
दुई कलाकारको निधन स् प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
दुई कलाकारको निधन स् प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
आयल निगमका खड्काद्वारा थप २० करोड घोटाला
आयल निगमका खड्काद्वारा थप २० करोड घोटाला
को–को छन् देउवाका सारथि ?
को–को छन् देउवाका सारथि ?
सुतिरहेको अवस्थामा महिला बलात्कृत
सुतिरहेको अवस्थामा महिला बलात्कृत

तपाईंले छुटाउनुभयो कि?