सन्दिप लामिछानेले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले २० लाखमा किन्यो
सारांश
- काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा दिल्ली डेयरडेभिल्सले किनेको छ ।
- १७ वर्षिय लामिछानेलाई उनको आधार मूल्य २० लाख भातरीय रुपैयाा दिल्लीले किनेको हो ।
- आइपिएल खेल्ने लामिछाने पहिलो नेपाली खेलाडी हुने छन्।
काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा दिल्ली डेयरडेभिल्सले किनेको छ । १७ वर्षिय लामिछानेलाई उनको आधार मूल्य २० लाख भातरीय रुपैयाा दिल्लीले किनेको हो । आइपिएल खेल्ने लामिछाने पहिलो नेपाली खेलाडी हुने छन्।
आइपीएलको आइतबार बैंग्लुरुमा भएको दोस्रो दिनको अक्सनमा सन्दीपलाई दिल्लीले अनुबन्ध गरेको हो।
अघिल्लो साता आइपीएलले घोषणा गरेको ५ सय ७८ जना खेलाडी अक्सनमा समावेश हुने खेलाडीहरुको सुचिमा सन्दीप पनि परेपछि उनको चर्चा चुलिएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया