सगरमाथा आधारशिविर सुनसान जब फर्किए आरोही

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सगरमाथा आधारशिविर सुनसान जब फर्किए आरोही

सारांश

  • सोलुखुम्बु, २० जेठ ।
  • हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेपछि अहिले सगरमाथा आधारशिविर सुनसान देखिएको छ ।
  • सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर अहिले सुनसान देखिएको हो ।

सोलुखुम्बु, २० जेठ । हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेपछि अहिले सगरमाथा आधारशिविर सुनसान देखिएको छ ।
सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर अहिले सुनसान देखिएको हो ।
आरोहणको मुख्य मौसम ९चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म० यो आधारशिविर हजारौँ आरोहीले भरिएका हुन्छन् ।

अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने कर्मचारी र अन्य एकाध मजदुर मात्र बाँकी रहेको एसपीसीसीका कार्यक्रम संयोजक कपिन्द्र राईले जानकारी दिनुभयो ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीले जेठ १५ ९मे २९० भित्र आरोहण गरिसक्नुपर्ने र जेठ १८ गते ९जुन १० भित्र आधारशिविर खाली गरिसक्नुपर्ने नियम छ । धेरैजसो आरोही जेठको १४ र १५ गते नै फर्किएका थिए ।

‘सिजनमा त बजार जस्तै हुन्थ्यो, कोही काम गर्ने, कोही सामान ओसार्ने, कोही हिमाल चढ्न जाने, त्यतीवेला त्यहाँ बसुँबसुँजस्तो लाग्थ्यो, अहिले त सुनसान भइसक्यो’–कार्यक्रम संयोजक राईले भन्नुभयो ।

आधारशिविरको सरसफाइ गरिरहेका कमिटीका सदस्य फर्केपछि सगरमाथा आधारशिविर पूर्णरुपमा सुनसानमा परिणत हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले उपमहासचिव भुषालले ५ हजार मतान्तरले विजयी
एमाले उपमहासचिव भुषालले ५ हजार मतान्तरले विजयी
बालिका बलात्कार घटना-महिना दिनसम्म गुपचुप
भारतीय कलाकार सुशान्त सिंह राजपुतले गरे आत्महत्या
भारतीय कलाकार सुशान्त सिंह राजपुतले गरे आत्महत्या
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन हुँदै
चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन हुँदै
पाँच लाखको सुट लगाएको प्रमाणित गर्न ऊर्जामन्त्री पुनको चुनौती
पाँच लाखको सुट लगाएको प्रमाणित गर्न ऊर्जामन्त्री पुनको चुनौती
Бк Mostbet: Скачать На Любое Устройство Как Скачать Mostbet Приложени
कास्की–२ मा नेकपा उम्मेदवार विद्या भट्टराई
कास्की–२ मा नेकपा उम्मेदवार विद्या भट्टराई
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
दुई थरीको आन्दोलन जारीसँगै निषेधित क्षेत्र कायमै
दुई थरीको आन्दोलन जारीसँगै निषेधित क्षेत्र कायमै

तपाईंले छुटाउनुभयो कि?