आयोगहरुमा दलीय भागवण्डा नगर्न द्वन्द्वपीडितको माग
सारांश
- काठमाडौं – द्वन्द्वपीडित साझा चौतारीले पुनः गठन हुने सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दलीय भागवन्डा नगर्न सरकारसँग माग गरेका छन्।
- सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दलीय भागन्डा नगरी विज्ञ, पीडितले विश्वास गरेका र कानुनको शासनप्रति विश्वास राख्नेलाई सिफारिस गर्नुपर्ने पीडितको सुझाव छ।
- यदि राजनीतिक भागवण्डा भएमा स्विकार्य नहुने चेतावनीसमेत दिएका छन् ।
काठमाडौं – द्वन्द्वपीडित साझा चौतारीले पुनः गठन हुने सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दलीय भागवन्डा नगर्न सरकारसँग माग गरेका छन्।
सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दलीय भागन्डा नगरी विज्ञ, पीडितले विश्वास गरेका र कानुनको शासनप्रति विश्वास राख्नेलाई सिफारिस गर्नुपर्ने पीडितको सुझाव छ।
यदि राजनीतिक भागवण्डा भएमा स्विकार्य नहुने चेतावनीसमेत दिएका छन् । चौतारीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै पारदर्शी र विश्वसनीय कार्यविधिबाट आयोगका पदाधिकारी चयन गर्न आग्रह गरेको हो।
चौतारीका अध्यक्ष भागीराम चौधरी र महासचिव जनकबहादुर राउतद्वारा जारी विज्ञप्तिमा २०७१ सालमा गठन भएका दुई आयोगका पदाधिकारी दलीय भागवन्डामा नियुक्त गर्दा काम गर्न असफल भएको स्मरण गराउँदै विगतबाट पाठ सिकेर संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन माग गरेका छन्।
दुवै आयोगले दलीय भागन्डाका कारण पीडितको भावना र सर्वमान्य सिद्धान्त अनुरुप कार्यसम्पादन गर्न नसकेको चौतारीको ठहर छ।
‘अब आयोगका पदाधिकारीमा सिफारिस गरिने व्यक्ति द्वन्द्वपीडितले समेत विश्वास गरेका, कानुनी शासनप्रति प्रतिबद्ध र विज्ञ हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘आयोगमा सिफारिस हुने व्यक्ति दलीय प्रभावबाट पूर्णतः मुक्त भएको हुनुपर्छ। आयोगमा नियुक्त हुने पदाधिकारी दलको बफादार कार्यकर्ता नभई निपष्क्ष, स्वतन्त्र, व्यावसायिक, विषयमा विज्ञ हुनुपर्छ।’
प्रतिक्रिया