सिडियोहरुको सरुवा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ७, २०७९
|
|
१७ पटक हेरिएको
Shares
सिडियोहरुको सरुवा

सारांश

  • काठमाडौं।
  • गृह मन्त्रालयले आज राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ ।
  • बिहिबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको हो ।

काठमाडौं। गृह मन्त्रालयले आज राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ ।

बिहिबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको हो । आजको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्राङ्कित प्रथम श्रेणीका ४९ प्रजिअ, सहायक प्रजिअलगायतका कर्मचारी र राजपत्राङ्कीत द्वितीय श्रेणीका नौ प्रमुख जिल्ला अधिकारी, पाँच सहायक प्रमुख जिल्ला अधिकारी र छ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रथम श्रेणीमा रहनुभएका काभ्रेपलाञ्चोकका प्रजिअ हुमकला पाण्डेलाई सुनसरी, चितवनका प्रजिअ आसमान तामाङलाई गृह मन्त्रालय, सिन्धुपाल्चोकका वेदनिधि खनाललाई पर्सा, भक्तपुरका प्रजिअ रुद्रादेवी शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

सुनसरीका इन्द्रदेव यादवलाई सर्लाही, सिरहाका लालबाबु कवारीलाई गोरखा, दोलखाका भोजबहादुर खतिवडालाई सिरहा पठाइएको छ । गृहका शेखर पौड्याललाई दोलखा पठाइएको छ ।

प्राप्त विवरणअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका मुगुका प्रजिअ रोमबहादुर महतलाई नवलपरासी पश्चिम सरुवा गरिएको छ । रौतहटका प्रजिअ कृष्णबहादुर शाहीलाई सुनसरीको सहायक प्रजिअमा पठाइएको छ ।

इलामका प्रजिअ माधवप्रसाद ढुङ्गानालाई सप्तरीको सहायक प्रजिअमा, ताप्लेजुङका प्रजिअ महेशकुमार पोखरेललाई काभ्रेपलाञ्चोकको सहायक प्रजिअमा पठाइएको छ ।

गृह मन्त्रालयका उपसचिव गोमादेवी चेम्जोङलाई ताप्लेजुङको प्रजिअमा पठाइएको छ भने कालिकोटका प्रजिअ रामहरि शर्मालाई धादिङको सहायक प्रजिअमा सरुवा गरिएको छ ।

हुम्लाका प्रजिअ सीताराम परियारलाई इलाका प्रशासन कार्यालय साँखु, बझाङका प्रजिअ बाबुराम अर्याललाई इलाका प्रशासन कार्यालय चन्द्रौटा, बाराका प्रजिअ कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालय, डोल्पाका प्रजिअ वेदनिधि अधिकारीलाई नुवाकोटको सहायक प्रजिअ र स्याङ्जाका प्रजिअ गङ्गाबहादुर क्षेत्रीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फरार अभियुक्त २६ वर्षपछि पक्राउ
फरार अभियुक्त २६ वर्षपछि पक्राउ
सडक भत्काउँदा काठमाडौँ महानगरलाई जानकारी दिनुपर्ने- विद्यासुन्दर शाक्य
सडक भत्काउँदा काठमाडौँ महानगरलाई जानकारी दिनुपर्ने- विद्यासुन्दर शाक्य
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
आधारभूत मूल्यमै विकास बैंकको शेयर
आधारभूत मूल्यमै विकास बैंकको शेयर
इजरेल र प्यालेस्टाइनद्वारा बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय
इजरेल र प्यालेस्टाइनद्वारा बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य
पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो अनिवार्य लगाउनुपर्ने  !
पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो अनिवार्य लगाउनुपर्ने !
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
एक सय २३ घरेलु हिंसाका उजुरी
एक सय २३ घरेलु हिंसाका उजुरी

तपाईंले छुटाउनुभयो कि?