दाङ आइसोलेशनमा २४, आठ जना उपचारपछि घर फिर्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १८, २०७६
|
|
२० पटक हेरिएको
Shares
दाङ आइसोलेशनमा २४, आठ जना उपचारपछि घर फिर्ता

सारांश

  • दाङ।
  • दाङमा कोरोना भाइरसको आशंकामा २४ जनाले आइसोलेशनमा भर्ना भएर उपचार गराएका छन् ।
  • भर्ना भएकामध्ये आठ जना उपचारपछि घर फर्किएका छन्।

दाङ। दाङमा कोरोना भाइरसको आशंकामा २४ जनाले आइसोलेशनमा भर्ना भएर उपचार गराएका छन् । भर्ना भएकामध्ये आठ जना उपचारपछि घर फर्किएका छन्। दश जना अहिले पनि उपचारका क्रममा रहेका छन्।
पाँच जनालाई कोरोनाको कुनै लक्षण नदेखिएपछि ‘होम क्वारेन्टाइन’मा बस्न सुझावसहित फिर्ता गरिएको बताइएको छ । भर्ना भएकामध्ये छ जना राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट घर पठाइएको छ भने बेलझुण्डीबाट दुई जनालाई घर फिर्ता गरिएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार अहिले बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा १० जनाको उपचार जारी छ । उपचार गराएकामध्ये ११ जनाको स्वाब परीक्षण गरिएको छ ।
‘दाङबाट पठाइएको स्वाबको सबै  रिपोर्ट नेगेटिभ आएको छ ।’ उनले भने, ‘बेलझुण्डीमा उपचार गराइरहेकामध्ये पाँच जनाको आज स्वाब परीक्षणका लागि नमूना संकलन गर्न लागेका छौँ ।’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा कतार र भारतबाट आएका नागरिक मात्रै भर्ना भएका छन् । साथै सबै स्थानीय पालिकाले आइसोलेशन अगावै क्वारेन्टाइनमा राखेर उपचार गरिरहेका छन्।  
 सबै स्थानीय तहमा क्वारेन्टाइन
  दाङका सबै स्थानीय तहले कोरोना भाइरसको न्यूनीकरणका लागि क्वारेन्टाइन निर्माण गरेका छन् । कम्तीमा पाँचदेखि ६० शय्यासम्मका क्वारेन्टाइन छन्।
भारतबाट आउने धेरै
कोरोना भाइरसको हल्ला चलेसँंगै भारतबाट फिर्ता हुनेको संख्या धेरै  छ। स्थानीय सरकारले संकलन गरेको तथ्यांकानुसार तेस्रो मुलुकको तुलनामा भारतबाट फिर्ता हुनेको संख्या धेरै रहेको हो।
दाङका दश स्थानीय तहमा सबैभन्दा बढी भारतबाट फिर्ता हुने नागरिकको संख्या धेरै रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?