बाढीले रेलको लिक समेत बगायो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३०, २०७६
|
|
१८ पटक हेरिएको
Shares
बाढीले रेलको लिक समेत बगायो

सारांश

  • मुुलुकभरि बिहीबारबाट सुरु भएको अबिरल वर्षाका कारण सञ्चालनको अन्तिम तयारीमा रहेको जयनगर–जनकपुर–बर्दिवास रेलमार्गमा क्षति पुगेको छ ।
  • वर्षाका कारण रेलको लिक बगाउनुका साथै विभिन्न ठाउँमा रेलमार्गको ‘बेस’समेत बगाएको रेल विभागले जनाएको छ ।
  •  रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको जयनगर–जनकपुर रेलमार्गमा पर्ने इनर्वा स्टेसन नजिकमा कमला नदीको बाढीले रेल सञ्चालनका लागि बिछ्याइएको करिब दुई सय मिटर रेलवे लिक नै बगाएको जानकारी दिनुभयो ।

मुुलुकभरि बिहीबारबाट सुरु भएको अबिरल वर्षाका कारण सञ्चालनको अन्तिम तयारीमा रहेको जयनगर–जनकपुर–बर्दिवास रेलमार्गमा क्षति पुगेको छ । वर्षाका कारण रेलको लिक बगाउनुका साथै विभिन्न ठाउँमा रेलमार्गको ‘बेस’समेत बगाएको रेल विभागले जनाएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको जयनगर–जनकपुर रेलमार्गमा पर्ने

इनर्वा स्टेसन नजिकमा कमला नदीको बाढीले रेल सञ्चालनका लागि बिछ्याइएको करिब दुई सय मिटर रेलवे लिक नै बगाएको जानकारी दिनुभयो । सञ्चालनका लागि भार परीक्षणसमेत गरिसकिएको रेलमार्गको विभिन्न खण्डमा रेलको लिकमाथि भएर पानी बगिरहेको बताउँदै उहाँले रेलवे लिकमुनिको ‘बेस’समेत बगाएको जानकारी दिनुभयो ।

अहिलेसम्मको जानकारी अनुसार करिब आधा किलोमिटर रेलवे लिकको ‘बेस’ बगाएको र करिब चार सय मिटर रेलवे लिकमाथि पानी बगिरहेको जानकारी उहाँले दिनुभयो । त्यसैगरी, जनकपुर रेलवे स्टेसनसमेत डुबानमा परेको छ । वर्षाले रेलवे कर्मचारीहरूको आवासका लागि निर्माण गरिएको घरहरू, विभिन्न रेलवे स्टेसनहरू डुबानमा परेका छन् ।

क्षतिको थप विवरण आउने क्रममा रहेको महानिर्देशक मिश्रले जानकारी दिनुभएको छ । प्रतिकूल मौसमका कारण सबै क्षतिको विवरण सङ्कलन गर्न समस्या भएको कर्मचारीहरूले बताउनुभएको छ । रेलवे परियोजनाका प्रमुख विनोदकुमार ओझाले जनकपुरदेखि पूर्वतर्फभन्दा पश्चिम बढी क्षति भएको बताउनुभयो ।

भारतीय सरकारको सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको सो रेलमार्गमा बाढीका कारण भएका क्षतिको निर्माण भारत सरकारले नै गर्ने जानकारी महानिर्देशक मिश्रले दिनुभयो । उहाँले बाढी समाप्त भएको एक महिनाभित्रमा नै ‘बेस’ बनाएर पुनः लिक बिछ्याउन सकिने बताउनुभएको छ ।

पाँच वर्षअघि बन्द भएको जयनगर–जनकपुर रेल सेवा पुनः सञ्चालनमा आउन लागेको छ । सन् १९३७ देखि सञ्चालनमा आएको जनकपुर–जयनगर रेल सेवा २०७१ सालदेखि बन्द भएको थियो । गोरखापत्रबाट

भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन्। त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन्। शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना छन्।

चार दिन नेपाल बस्दा निकोलस अर्नेस्टोले कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्नेछन्। त्यस क्रममा आइतबार नेकपा नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेका छन्। सत्तारुढ दल नेकपाको युवा संगठनको निम्तोमा उक्त टोली काठमाडौं आएको हो।

भ्रमणमा आउँदा राष्ट्रपतिका छोरा, मन्त्री र टोलीका अन्य सदस्यले आवतजावत गर्ने साधारण कक्ष प्रयोग गरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट काठमाडौं प्रवेश गरेका थिए। नेपालका लागि भेनेजुएलाका आवासीय राजदूत कोरोमोतो गेदाई क्लाल्डरनले मात्र भीआईपी कक्ष प्रयोग गरेका थिए।

राष्ट्रपतिका छोरा मादुरो गुयरा विशेष सैनिक फौज (कर्पस् अफ स्पेसल इन्स्पेक्टर्स अफ दि प्रेसिडेन्सी) का प्रमुख हुन्। यसले राष्ट्रपति कार्यालयबाट भएका निर्णय कार्यान्वयन एवं प्रभावको सुपरिवेक्षणसमेत गर्छ। उनी पार्टी र संसद्मा समेत छन्।

नेपाल आएका टोलीका अधिकांश सदस्य इन्टरनेसनल वामपन्थी युवा शक्तिमा आबद्ध छन्। साम्राज्यवादविरोधी युवा–विद्यार्थी संगठनहरूसँगको भाइचार सम्बन्ध विकास गर्ने उद्देश्यसाथ उनीहरू काठमाडौं आइपुगेका हुन्। आइतबार उनीहरूले राजधानीको पाँचतारे होटल ‘याक एन्ड यती’मा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईं, रामप्रसाद सापकोटा (दीपशिखा) लगायतको उपस्थितिमा दुई देशबीचको सम्बन्ध विस्तार र विकासका सन्दर्भमा युवा–विद्यार्थीका नेताहरूसँग अन्तक्र्रिया गरेका थिए। त्यसपछि नेकपा सचिवालय सदस्य गौतमसँग भेटघाट गरे। भैंसेपाटी आवास क्षेत्रमा रहेको निवासमै पुगेर उनीहरूले नेता गौतमसँग करिब साढे दुई घण्टा कुराकानी गरेका थिए। उक्त भेटघाटमा नेकपाकै केन्द्रीय सदस्य बलराम बास्कोटा पनि सहभागी थिए।

‘दुई देशबीचको सम्बन्ध, दुवै देशले आ–आफ्नै विशेषतासाथ भन्दै आएको समाजवादलगायत विषयमा नेता गौतम र भेनेजुएलाको टोलीबीच छलफल भयो,’ भेटमा सँगै रहेका नेता बास्कोटाले अन्नपूर्णसँग भने। बास्कोटा राष्ट्रपति निकाले मादुरोको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन पुस २७ गते भेनेजुएला पुगेका थिए।

उक्त कार्यक्रममा ७२ देशका सरकारी र कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू सहभागी थिए। नेपाल आएका राष्ट्रपतिका छोरासहितको टोलीले नेकपाका प्रवक्ता श्रेष्ठसँग पनि आइतबारै कुपन्डोलस्थित होटल समिटमा भेटघाट गरेको थियो। साँझ भने सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका नेतासँग डिल्लीबजारस्थित भोजनगृहमा भेटघाट भएको थियो।

भेनेजुएलाको मन्त्रिमण्डलमा ५० प्रतिशत युवाको प्रतिनिधित्व गराइन्छ। टोलीमा आएकामध्ये तीन जना युवामन्त्री रहेको स्रोतले जनायो। तर, तिनको विस्तृत विवरण खुल्न सकेन। युवा संघका अध्यक्षसमेत रहेका नेकपा केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले टोलीमा रहेकाहरू को–को के हुन् भन्ने जानकारी आफूहरूसँग पनि नरहेको बताए।

‘हामीलाई उहाँहरू त्यहाँको इन्टरनेसनल वामपन्थी युवा संगठनमा आबद्ध रहेका साथीहरू हुनुहुन्छ भन्ने जानकारी छ। हाम्रै निम्तोमा उहाँहरू आउनुभएको हो। अन्य उहाँहरू को–के, कसका नातेदार भन्ने हामीलाई भनिएको छैन, जानकारी पनि छैन’, उनले अन्नपूर्णसँग भने।

भ्रमण टोलीले युवा विद्यार्थीदेखि नेकपाका नेताहरूसँगको भेटघाटमा भेनेजुएला र नेपालको भौगोलिक अवस्था करिब उस्तै रहेको, नेपाल कृषिप्रधान देश भएको र भेनेजुएलाले पनि कृषिलाई प्राथमिकता दिँदै आएको, साम्राज्यवादविरुद्ध लडाइँमा नेपाल र भेनेजुएला दुवै देश रहेकाले पनि आगामी दिनमा दुई देशको सम्बन्ध विस्तार गर्दै जाने विषय उठाएको स्रोतले जनायो। दुई देशबीचको सम्बन्ध सुधारका लागि राजदूतावास नै राखेर जानुपर्नेमा छलफलका क्रममा दुवै पक्षले जोड दिएका थिए।

भेनेजुएलामा पछिल्लो चरण राजनीतिक संकट चुलिँदो छ। सार्वभौम देशमाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै त्यहाँको राजनीतिक संकटका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले १० माघमा वक्तव्यसमेत दिएका थिए। दाहालको उक्त वक्तव्यपछि देशभित्रै उनको पार्टी्भित्रै र बाहिर पनि विवाद निम्त्याएको थियो। भेनेजुएलाको राजनीतिक संकटलाई हेर्ने दृष्टिकोणमै नेपालका राजनीतिक दल र तिनका नेतामा धु्रवीकरण ल्याइदिएको थियो।

नेकपा अध्यक्ष दाहालको वक्तव्यपछि नेपालस्थित अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयलाई भेनेजुएला प्रकरणमा नेपालको धारणा माग गरेको थियो। पछि नेकपा र परराष्ट्रले दाहालकै वक्तव्यलाई बल पुग्ने गरी आफ्नो धारणा सार्वजनिक गरेको थियो। भेनेजुएलामा राजनीतिक संकट यथावत् छ। त्यसले केही दिन चिसिएको नेपाल–अमेरिका सम्बन्ध पुनः सामसुमझैं देखिएको छ। त्यसपछि अध्यक्ष दाहालपत्नी सीताको उपचारार्थ अमेरिका भ्रमण गरी फर्किएका छन्।

राष्ट्रपति निकोलास मादुरेलाई रुस, चीनलगायत देशले साथ दिइरहेका छन् भने युरोपियन युनियन, अमेरिकालगायतले विपक्षी दलका नेता हुवाँ गुवाइदोलाई साथ दिइरहेका छन्। नर्वेले राजनीतिक निकासका लागि दुवै पक्षबीच संवादको पहल गरिरहेको छ। अहिले त्यहाँको संकट सुध्रिनेमा दुवै पक्षले आशा देखाएका छन्।

नेपाल आएका राष्ट्रपतिका छोरासहितको टोलीको भेटलाई ‘गोप्य’ बनाउनकै लागि प्रधानमन्त्रीलगायत मन्त्रीहरूसँगको भेटलाई भने कार्यसूचीमा राखिएको छैन। उनीहरूको टोलीलाई सोमबार नगरकोट, चन्द्रागिरिलगायतका साइड सिन भ्रमणमा लैजाने कार्यसूची युवा संघले बनाएको छ। टोली मंगलबार बिहान स्वदेश फर्किने कार्यक्रम छ। अन्नपुर्ण पोष्टबाट

इंगल्याण्ड बन्यो क्रिकेक विश्वविजेता
सुपर ओभरमा आयोजक राष्ट्र इङ्ल्यान्डले न्युजील्यान्डलाई हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधी हात पारेको छ। बराबरीमा टुंगिएपछि सुपर ओभरमा इङ्ल्यन्डले न्युजील्यान्डलाई जीतका लागि १६ रनको लक्ष्य दिएको थियो। एक ओभरमा न्युजील्यान्डका तर्फबाट ट्रेन्ट बोल्टले सुपर ओभर बलिङ् गरेका थिए। उनले १५ रन दिए। ब्याटिङ्मा इंग्लाण्डका बेन स्टोक्स र जोस बटलर थिए।

इंग्ल्याण्डका जोफ्रा आर्चरले सुपर ओभर बलिङ् गरेका थिए। मार्टिन गप्टिल र निसम ब्याटिङ्मा थिए। आखिरी बलमा २ रन जोड्न असफल हुँदा न्युजील्यान्ड रनर अपमै सीमित भयो।

आइसीसी क्रिकेट वर्ल्ड कप २०१९ सुपर ओभरबाट छिनोफानो लागेको हो। फाइनलमा पुगेका न्युजील्यान्ड र इङ्ल्यान्डले समान २ सय ४१ रनमात्र जोड्न सकेकाले खेल सुपर ओभरमा पुगेको थियो।

यसअघि फाइनलमा पुगे पनि न्युजील्यान्ड र तीन पटक फाइनलमा पुगेर पनि विश्वकप चुम्न असफल आयोजक राष्ट्र इङ्ल्यान्डबीच आज रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा ४७ खेलपछि घरेलु टोली इंग्ल्याण्ड र न्यूजिल्याण्ड फाइनलमा पुगेका थिए। लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका यी दुई टोलीले लिगको शीर्षस्थानमा रहेका भारत र अस्ट्रेलियालाई सेमिफाइनलबाट बार्हियाएका थिए।

पहिलो इनिङ्समा न्युजील्यान्डले २ सय ४१ रनमात्र बनाउँदा इङ्ल्यान्डले सहज जिते निकाल्ने अपेक्षा गरिएको थियो। तर, दोस्रो इनिङ्समा न्युजील्यान्डको धारिलो बलिङले खेललाई फरक मोडमा र्पुयायो। निर्धा्िरत ५० ओभर पूरै खेल्दै न्युजील्यान्डले ८ विकेटको क्षतिमा २ सय ४१ रन जोडेको थियो।

हेनरी निकोलसले न्युजील्यान्डका लागि सर्वा्िधक ५५ रन जोडेका थिए। टम लेथमले ४७ रनको योगदान दिए भने केन विलियम्सले ३० रन बनाएका थिए।

६.२ ओभरमा मार्टिन गुपटिल एलबीडब्लुबाट आउट भएपछि न्युजील्यान्डको रन रफ्तारमा केही ब्रेक लागेको थियो। केन विलियम्स क्याच आउट भएर दोस्रो विकेट पतन हुँदा १ सय २ रन जोडेको थियो। न्युजील्यान्डको मध्यक्रम त्यसपछि लड्खडायो। सत्ताइसौ ओभरमा हेनरी र चौतिसौं ओभरको सुरुमै रोज टेलर आउट हुँदा इङ्ल्यान्ड बलियो देखियो। तर, त्यसपछि सम्हालिँदै खेलेको न्युजील्यान्डले मध्यम स्तरको लक्ष पेश गर्न सक्यो।

दोस्रो इनिङ्स घरेलु मैदानमा आयोजकलाई सोचेजति सहज भने बनेन। २८ रन जोड्दा पहिलो विकेट गुमाएको इङ्ल्यान्डले २४ औं ओभरसम्म (२३.१ ओभर) ४ विकेट गुमाइसकेको थियो। त्यतिखेर उसको खातामा ८६ रनमात्र थियो।

मध्यक्रमका आएका बेन स्टोक्स र जस बटलरको जोडीले बलियो साझेदारी पेश गर्दा लड्खडाइसकेको इङ्ल्यान्ड घरेलु दर्शकबीच सम्हालिन पुग्यो। उनीहरुको साझेदारीले इङ्ल्यान्डलाई जित उन्मुख र्पुयाएको थियो। मध्यक्रममा ब्याटिङमा आएको यी दुवै अर्धशतकीय पारी खेले। बलटर ५९ रन बनाएर फर्गुसनको बलमा क्याच आउट भए। ४७ ओभरको पहिलो बलमा नै फर्गुसनले छैटौं विकट लिएपछि इङ्ल्यान्डको यात्रा जोखिमपूर्ण बनेको थियो। इङ्ल्यान्डका लागि अन्तिम २ ओभरमा २४ रन आवश्यक थियो। ४८.३ ओभरमा घरेलु टिमले थप एक विकेट गुमाएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। ४९ ओभरका दुई बलमा एकरएक रन बटुलेको टिम इङ्ल्यान्ड थप दवावमा पुगेको थियो। स्ट्राइकमा रहेका वेन स्टोक्सले छक्का प्रहार गरेर बलरमाथि नै दवाव दिए तर त्यही ओभरको आखिरी बलमा इङ्ल्यान्डले विकेट गुमायो। अन्तिम ओभरमा इङ्ल्यान्डसामु जितका लागि १५ रन जोड्नुपर्ने अवस्था थियो भने खातामा २ विकेटमात्र बाँकी।

न्युजील्यान्डका ट्रेन्ड बोल्टले धारिलो बलिङ गर्दै दुई डट हाने। तेस्रो बलमा बेन स्ट्रोकले छक्का प्रहार गरे। ३ बलमा ९ रन चाहिन्थ्यो इङ्ल्यान्डका लागि। स्टोक्सले फेरि छक्का प्रहार गरे २ बलमा ३ रन आवश्यक थियो। जसले खेललाई निक्कै रोमाञ्चक बनायो।

१ बल र २ रन बाँकी रहँदा दर्शकहरुको सास नै रोकिने स्थिति बन्यो। फेरि विकेट। अन्ततस् खेलमा इङ्ल्यान्डले पनि २ सय ४१ नै रन बनायो। स्टोक्सले ८४ रनमा नटआउट रहे। त्योसँगै खेलको जित हार सुपर ओभरबाट निर्धारितभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?